धनीलाई धनकै लोभ ! पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले अझै छोडिनन् सरकारी सम्पत्ति

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ ३०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
धनीलाई धनकै लोभ ! पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले अझै छोडिनन् सरकारी सम्पत्ति

सारांश

  • शिखरन्युज ३० असार – पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले  छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा अझै छोडेकी छैनन् ।
  •  प्रेरणाले दाइजोमा पाएको भन्दै सरकारी सम्पत्ति छोड्न अटेर गरेकी छिन् ।
  • एक वर्षअघि सर्वोच्च अदालतले गरेको फैसलालाई समेत उनले वेवास्ता गर्दै ऐतिहासिक ‘विजया घर’ छोड्न अटेर गरेकी हुन् ।

शिखरन्युज ३० असार – पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले  छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा अझै छोडेकी छैनन् । प्रेरणाले दाइजोमा पाएको भन्दै सरकारी सम्पत्ति छोड्न अटेर गरेकी छिन् । एक वर्षअघि सर्वोच्च अदालतले गरेको फैसलालाई समेत उनले वेवास्ता गर्दै ऐतिहासिक ‘विजया घर’ छोड्न अटेर गरेकी हुन् ।

बुबाले दाइजोमा दिएको भन्दै छोड्न अटेर गरेपछि उनलाई नेपाल ट्रष्टको कार्यालयले पत्र पठाएको थियो । प्रेरणाको विवाह २०५४ सालमा भएको थियो । हक नै नभएको कुरा पूर्व राजा ज्ञानेन्द्रले छोरीलाई दाइजो भन्दै २०६२ सालमा सार्वजनिक जग्गा दिएका दाबी थियो । त्यस विषयमा सर्वोच्चमा मुद्दा समेत चलेको थियो ।

सर्वोच्च अदालतले सार्वजनिक सम्पत्ति कसैका नाममा दाइजो दिन नपाइने भन्दै प्रेरणाले मेरो भनेको घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याई संरक्षण गर्न निर्देशनात्मक आदेश गरिसकेको छ।
राजसंस्थाको सम्पत्ति राष्ट्रहितविपरीत व्यक्तिगत रूपमा आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा दिन वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने सर्वोच्चले ठहर गरिसकेको छ ।
सर्वोच्चले ‘तत्कालीन राजा ज्ञानेन्द्रलाई दाइजो दिने हक नै नभएको’ ठहर गरेको छ। सर्वोच्चको आदेशबमोजिमा ट्रस्टले घरजग्गा खाली गर्न प्रेरणालाई पत्र पठाएको थियो।

ट्रस्ट कार्यालयले गत वैशाख २३ मा ‘तपाईंले उपयोग गर्दै आउनुभएको जग्गा सर्वोच्चले ट्रस्टको नाममा कायम गरेकाले ३५ दिनभित्र उल्लेखित घरजग्गा सम्पूर्ण रुपले खाली गरिदिनु’ भन्ने व्यहोराको पत्र पठाएको थियो।

‘हुलाकबाट पठाएको पत्र फिर्ता आएको थियो । ट्रस्टले सार्वजनिक सूचना समेत टाँसिसकेको छ । उनले अटेर गरेमा प्रहरी लगाएर हटाउनुपर्ने कानुनी प्रावधान छ। नेपाल ट्रस्टसँग केही महिनामा विजया घर खाली गरिदिने बताएको स्रोतले बताएको छ । उनले तीनचार महिनाभित्र खाली गरिदिने भनेपछि प्रहरी लगाइएको छैन ट्रस्ट स्रोतले भन्यो । सर्वोच्चले ‘विजया घर’ ऐतिहासिक महत्वको भएकाले त्यसलाई संग्रह गर्ने, खाली जग्गामा बगैंचा लगाई पर्यावरणमा सुधार गर्नसमेत आदेश दिएको छ।

२०७३ साल पुस २१ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपककुमार कार्की र सपना प्रधानको पूर्ण इजलासले प्रेरणाले दाइजो दाबी गरेको सम्पत्ति सरकारी हुने फैसला गरेको थियो। सर्वोच्चको फैसलामा व्यक्तिगत र पारिवारिक फाइदामा सीमित गर्ने प्रवृत्तिले सार्वजनिक सम्पत्ति संरक्षण हुन नसकेको ठहरसमेत गरिएको थियो।

सामाजिक सुधार व्यवहार ऐन २०३३ ले दान दिने कामलाई दुरुत्साहित गरेको छ। तत्कालीन ज्ञानेन्द्रले छोरीलाई कानुनविपरीत सरकारी सम्पत्ति दाइजो दिएका थिए। ‘राष्ट्रको सम्पत्ति तथा सम्पदा उचित संरक्षण नहुँदा सार्वजनिक सम्पत्तिमा भूमाफिया, दलालबाट आक्रमण र दुरुपयोगका कारण हिनामिना भई सम्पदा नै लोप हुन गएका छन्,’ सर्वोच्चले भनेको थियो। ‘संसारका अन्य देशले यस्ता सम्पत्तिलाई राष्ट्रिय महत्व दिएको छ,’ फैसलामा भनिएको छ, ‘चीनमा मिङ वंशको दरबार हेरौं, १४ औं, १५ औं वंशका राजारानीका अस्तुसम्म सुरक्षित छन्। भारत तथा अन्य मुलुकमा सानासाना महल, दरबार पनि सम्पदाका रुपमा सुरक्षित राखिएका छन्।’

विजया घर कसरी बन्यो !
विजया राज्यलक्ष्मीदेवी तत्कालीन राजा त्रिभुवनकी अविवाहित छोरी थिइन्। उनको गुजारा राज्य स्रोत र दरबारबाटै हुने गरेको थियो। उनको नाममा छाउनस्थित १५ रोपनी जग्गामा विजया घर बनेको थियो।

उनको मृत्युपछि त्यो सम्पत्ति कुनै व्यक्तिको नाममा नभएर तत्कालीन दरबारको व्यवस्थाअनुसार राजा वीरेन्द्रको नाममा आएको थियो। वीरेन्द्र परिवारको देहावसानपछि उक्त घरजग्गा तत्कालीन राजदरबारको स्वामित्वमा आएको थियो। त्यसपछि ज्ञानेन्द्रले छोरी प्रेरणालाई उक्त घरजग्गा दाइजोस्वरूप दिएका थिए।

सर्वोच्च अदालतले भने विजया घरलाई ऐतिहासिक घरको रुपमा संरक्षण गरी राख्न भनेको छ । अन्य देशले लोप हुन लागेका सम्पदालाई जोगाइ राख्ने गरेको तर, नेपालले भने वास्ता नगर्ने गर्दा सार्वजनिक सम्पत्तिहरु ल्थालिंग भएको सर्वोच्चले फैसलामा उल्लेख गरेको छ ।

दरबारको स्वामित्वमा रहेको सार्वजनिक सम्पत्ति नेपाल ट्रस्टअन्तर्गत आइसकेको छ। कानुनबमोजिम उक्त घरको मर्मतसम्भारको जिम्मेवारी ट्रस्टकै हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?