पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
५६ पटक हेरिएको
Shares
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु

सारांश

  • बीबीसी ।
  • क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ।
  • पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो।

बीबीसी । क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ। पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो।

सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा उडेको र केही बेरमै नजिकै जमिनमा खसेको देखिन्छ। ह्यूज पृथ्वी गोलो नभई सम्म भएको प्रमाणित गर्न अन्तरिक्षमा जान चाहेका थिए।

यूएस साइन्स टीभी च्यानलमा देखाइने होममेड एस्ट्रोनौट्स कार्यक्रमका लागि उनको सो प्रयास पुरै खिचिएको बताइएको छ। आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा उनी वाष्पशक्तिले चल्ने रकेटमा पृथ्वीबाट ५,००० फिटमाथि जान चाहेका थिए।

भिडिओमा प्रक्षेपणको केही सेकेन्डमै रकेटको पछाडि प्यारासुट देखिन्छ। एउटा ट्वीटमा साइन्स च्यालनले ह्यूजको आफ्नो सपना पूरा गर्ने क्रममा निधन भएको बताएको छ। सान बेर्नार्डीनो काउन्टीका प्रहरी कार्यालयले सो घटनाबारे आफूलाई दिउँसो दुई बजेतिर जानकारी दिइएको जनाएको छ।

कार्यालयले खुला मरुभूमिमा रकेट खसेपछि एकजना व्यक्तिको मृत्यु भएको बताएको छ। ह्यूज र उनका सहयोगीले १८,००० अमेरिकी डलर खर्च गरेर घरमै रकेट बनाएको बताइएको छ।

ह्यूज पृथ्वी समतल भएको प्रमाणित गर्ने दाबी गरेर चर्चित भएका थिए। गएको मार्चमा उनी रकेटबाट १,८७० फिटमाथि पुगेका थिए जहाँबाट प्यारासुटमार्फत उनी फर्केका थिए। उनले सन् २००२ मा कार उडाएर १०३ फिटको दूरी पार गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तातोपानी नाका दुईतर्फी सञ्चालनमा
तातोपानी नाका दुईतर्फी सञ्चालनमा
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ ः मन्त्री केसी
सुन प्रकरण : भन्सार कर्मचारीसहित छ जना पक्राउ
सुन प्रकरण : भन्सार कर्मचारीसहित छ जना पक्राउ
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
SRK, Ranbir, Nita Ambani and others dance at Akash-Shloka’s engagement!
SRK, Ranbir, Nita Ambani and others dance at Akash-Shloka’s engagement!
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’

तपाईंले छुटाउनुभयो कि?