पोखरामा रास्वपाको प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक ३, २०८१
|
|
५१ पटक हेरिएको
Shares
पोखरामा रास्वपाको प्रदर्शन

सारांश

  • कास्की।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता-कार्यकर्ताहरूले विरोध जनाएका छन्।
  • शनिवार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता-कार्यकर्ताहरूले विरोध जनाएका हुन्।

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता-कार्यकर्ताहरूले विरोध जनाएका छन्।

शनिवार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता-कार्यकर्ताहरूले विरोध जनाएका हुन्। उनीहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए।

उनीहरुले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन्।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता
एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता
आजदेखि यू-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै
आजदेखि यू-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै
स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
म हुँ अबकाे राष्ट्रपति: झलनाथ खनाल
म हुँ अबकाे राष्ट्रपति: झलनाथ खनाल
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति

तपाईंले छुटाउनुभयो कि?