पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी

सारांश

  • कास्की, ७ असोज ।
  • पोखरा उद्योग वाणिज्य सङ्घको ३२औँ अधिवेशनबाट दामु अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
  • शनिबार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको हो ।

कास्की, ७ असोज । पोखरा उद्योग वाणिज्य सङ्घको ३२औँ अधिवेशनबाट दामु अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको हो ।आगामी दुई वर्षे कार्यकालको लागि सङ्घमा नेतृत्व लिन वाम र लोकतान्त्रिक दुई प्यानलबीच निर्वाचन भएकोमा वाम प्यानलका अधिकारीले एक हजार ४७८ मत प्राप्त गर्नुभयो भने लोकतान्त्रिकका प्रजुले एक हजार ४७१ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरामा व्यावसायिक वातावरण बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुक्रबार र शनिबार दुई दिनसम्म चलेको अधिवेशनबाट सङ्घको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ विजयी बन्नुभएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, रुद्रप्रसाद लुर्इंटेल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा, रामेश्वर अधिकारी, कृतिवल्लव त्रिपाठी र बलराम आचार्य विजयी हुनुभयो । वस्तुगत सदस्यमा हरिराज पन्त, चिन्तामणि बास्तोला, तारानाथ ढुङ्गाना र श्रीप्रसाद घले विजयी बन्नुभयो । कर्पोरेट सदस्यमा हर्क अधिकारी र हरिहर सापकोटा तथा उद्योगतर्फको सदस्यमा सुरेशबहादुर श्रेष्ठ विजयी हुनुभयो ।कूल तीन हजार ३७७ मतदाता रहेकोमा निर्वाचनमा दुई हजार ९८६ मत खसेको निर्वाचन समितिका सदस्य प्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
५८ नगरपालिकासहित २ सय ४४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
असोज २४ गते शनिवारको राशिफल यस्तो छ
असोज २४ गते शनिवारको राशिफल यस्तो छ
रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला
रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

तपाईंले छुटाउनुभयो कि?