प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १५, २०७६
|
|
६१ पटक हेरिएको
Shares
प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात

सारांश

  • काठमाडौं, १५ असोज ।
  • यता सडकमा भारतलाई गाली गर्ने उता दैनिक उपभोग्य सामाग्रीमा भारतकै भर पर्ने ।
  • जब भारतले कुनै सामानमा प्रतिबन्ध लगाउँछ तब चर्को मूल्य वृद्धिले उपभोक्ताको ढाँड सेकिन्छ ।

काठमाडौं, १५ असोज । यता सडकमा भारतलाई गाली गर्ने उता दैनिक उपभोग्य सामाग्रीमा भारतकै भर पर्ने । जब भारतले कुनै सामानमा प्रतिबन्ध लगाउँछ तब चर्को मूल्य वृद्धिले उपभोक्ताको ढाँड सेकिन्छ । यो देशमा बढ्दै गएको परनिर्भरता प्रवृत्ति हो ।नेपाल परनिर्भरताको चपेटामा पर्दा उपभोक्ताले अहिले प्याजको चर्को मूल्य तिर्नुपरिरहेको छ । देशमा उत्पादन कम हुँदा भारतबाट ९८ प्रतिशत प्याज आयात हुँदै आएको थियो । अहिले प्याज निर्यातमा भारत सरकारले प्रतिबन्ध लगाइदिंदा तीन सय प्रतिशतले प्याजको मूल्यवृद्धि भएको छ । प्याजको मूल्य एक सय ३० रुपैयाँ पुग्दा कीर्तिमान बनिसकेको छ ।

गत आर्थिक वर्षमा मात्र साँढे पाँच अर्वको प्याज आयोत भयो । उपत्यकामा मात्र २७० टन प्याज खपत हुन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा मात्र दैनिक २४ टन प्याज भित्रिन्छ । यीमध्ये सबैजसो प्याज भारतबाट भित्रिन्छ ।

नेपालमा खपत हुने कुल प्याजमध्ये भारतबाट ९८ प्रतिशत आउने अवस्था बन्दा एक प्रतिशतमात्र प्याज उत्पादन देशभित्र हुनथालेको छ । भारतको नासिक, कानपुर, इन्दौर, लखनउ र सिमलालगायतबाट प्याज आयात हुन्छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा देशभित्र प्याज उत्पादन कतिसम्मले घटेको रहेछ भन्ने प्रष्ट भएको छ ।

देशमा कृषिमा अनाकर्षण हुनु र दैनिक उपभोग्य सामाग्री उत्पादनभन्दा अन्य क्षेत्रमा श्रमिकहरु आकर्षि हुनुले प्याज जस्ता सामाग्री उत्पादन निकै कम हुनथालेको छ । देशभित्र भारतलाई गाली दिदै भारतबाट हरेक सामाग्रीमा निर्भर बन्ने प्रवृत्ति बढ्नु अर्को चिन्तको विषय हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित
उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित
घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
कंगना रनौटले बाइडेनको भविष्यवाणी गर्दै भनिन्, १ वर्ष टिक्ने !
कंगना रनौटले बाइडेनको भविष्यवाणी गर्दै भनिन्, १ वर्ष टिक्ने !
दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत
दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित

तपाईंले छुटाउनुभयो कि?