प्रचण्डकाे भारत भ्रमणकाे टुंगाे लाग्याे

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २५ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने भएका छन् ।
  • आफ्नो देशमा पहिलो भ्रमण गराउन चीनका काठमाडौँस्थित प्रतिनिधिहरु लागिपरेपनि  प्रचण्डको भ्रमण चीनभन्दा पहिले भारत हुन लागेको हो ।

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनभन्दा पहिले भारतको भ्रमण गर्ने भएका छन् । आफ्नो देशमा पहिलो भ्रमण गराउन चीनका काठमाडौँस्थित प्रतिनिधिहरु लागिपरेपनि  प्रचण्डको भ्रमण चीनभन्दा पहिले भारत हुन लागेको हो ।

प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ गतेदेखि ७ गतेसम्म चीन भ्रमणका लागि बेइजिङ जाने उच्च स्रोतले जनाएको छ । तत्कालीन एमाले र माओवादीबीच एकतापछि बनेको नेकपाको अध्यक्षको हैपयितले प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हो ।भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्ने उनको सचिवालयले जनाएको छ ।

यस अघि गत जेठमा प्रचण्डले चितवनमा भएको एउटा कार्यक्रममा विकासका एजेण्डामा कुराकानी गर्न छिट्टै भारत र चीनको भ्रमणमा जाने तयारी गरेको बताएका थिए । त्यसबाहेक प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।

यसअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि १० गतेसम्म चीन भ्रमण गरेका थिए । चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौता भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?