प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १४, २०७४
|
|
६० पटक हेरिएको
Shares
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।

सारांश

  • काठमाडौँ, १४ साउन- सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सहमतिमा समग्र मधेस एक स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
  • दाहालकै सहमतिमा आफूहरूले पुनः ‘समग्र मधेस एक स्वायत्त प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेन्डा उठाएको माओवादी केन्द्रकै नेताले स्पष्ट पारेका छन् ।
  • संविधान संशोधनमार्फत समग्र मधेस एक स्वायत्त प्रदेश र बहुराष्ट्रियताको एजेन्डा पूरा गर्नुपर्ने भन्दै माओवादी केन्द्रका साथै केही मधेसकेन्द्रित दलका नेता लागिपरेका छन् ।

काठमाडौँ, १४ साउन- सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सहमतिमा समग्र मधेस एक स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ । दाहालकै सहमतिमा आफूहरूले पुनः ‘समग्र मधेस एक स्वायत्त प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेन्डा उठाएको माओवादी केन्द्रकै नेताले स्पष्ट पारेका छन् । संविधान संशोधनमार्फत समग्र मधेस एक स्वायत्त प्रदेश र बहुराष्ट्रियताको एजेन्डा पूरा गर्नुपर्ने भन्दै माओवादी केन्द्रका साथै केही मधेसकेन्द्रित दलका नेता लागिपरेका छन् ।

माओवादी केन्द्रका नेता मात्रिका यादवको अगुवाइमा अभियान सुरु भइसकेको छ । माओवादी केन्द्रका नेता भरत साहले पार्टी अध्यक्ष दाहालको सहमतिमै यो एजेन्डा उठाएको बताए, राजधानीमा खबर छ ।
जनयुद्धकालकै मुद्दा भएकाले एक मधेस स्वायत्त प्रदेशको एजेन्डालाई माओवादीले छोड्न नसक्ने उनको भनाइ छ । ‘यो एजेन्डा जनयुद्धकालकै एजेन्डा हो, नयाँ होइन,’ साहले भने, ‘पार्टीकै एजेन्डा भएकाले यसमा कसैको विरोधको कुरै आउँदैन, पार्टीको एजेन्डा पूरा गर्ने काममै हामी खटेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?