प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!

सारांश

  • काठमाण्डौ, ८ कात्तिक ।
  • प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले संघीय सरकारले जे भन्यो त्यही मान्न नसकिने स्पष्ट पारेका छन् ।
  • संघीय सरकारसँग प्रदेश २ को सरकारको दुरी बढिरहेका बेला मन्त्री रामनरेशले संविधानअनुसार प्रदेश सरकारले काम गरिरहेको दावी गर्दै केन्द्र सरकारको दासत्व नसहने बताएका हुन् ।

काठमाण्डौ, ८ कात्तिक । प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले संघीय सरकारले जे भन्यो त्यही मान्न नसकिने स्पष्ट पारेका छन् । संघीय सरकारसँग प्रदेश २ को सरकारको दुरी बढिरहेका बेला मन्त्री रामनरेशले संविधानअनुसार प्रदेश सरकारले काम गरिरहेको दावी गर्दै केन्द्र सरकारको दासत्व नसहने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै रामनरेशले जनताले दिएको म्याण्डेट र संविधानको भावनाअनुसार काम गर्दा रोक्ने प्रयास गरिएको आरोप लगाए । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डलाई संकेत गर्दै उनले भने, “प्रदेश नम्बर २ को सरकार कसैको दास होइन । संघीय सरकार वा राजनीतिक दलका नेतालाई भ्रम छ भने हटाए हुन्छ । हामी जनताको दास हौँ, संघीय सरकारको होइन ।”

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ को सरकारलाई ओभरटेक नगर्न चेतावनी दिएका थिए । प्रचण्डप्रति आक्रोषित देखिएका रामनरेशले १७ हजार जनता मारेर पनि कुनै काम नगरेको आरोप लगाए । प्रचण्डले सस्तो नारा बाँडेर अहिले प्रदेश सरकारलाई दास बनाउन खोजेको पनि आरोप लगाए ।मन्त्री रामनरेशले संविधान संशोधनका लागि पनि जोडदार माग गरेका छन् । उनले प्रदेश २ को सरकारले जनताको हितमा काम गरिरहेको दावी पनि गरे । केन्द्र सरकार नै संघीयता असफल बनाउन लागिपरेको आरोपसमेत उनले लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा
७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा
पेट्रोल र डिजेलको मूल्य घट्यो
पेट्रोल र डिजेलको मूल्य घट्यो
रोष्टमबाटै नेकपाका सांसद् कड्किएपछि…
रोष्टमबाटै नेकपाका सांसद् कड्किएपछि…
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित  !
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित !
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
एमालेको निश्कर्ष– माओवादी नेतालाई व्यवस्थापन गर्न गाह्रो भो
एमालेको निश्कर्ष– माओवादी नेतालाई व्यवस्थापन गर्न गाह्रो भो
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
गाई काटेको भन्दै ३ जना पक्राउ गरी मुद्दा
गाई काटेको भन्दै ३ जना पक्राउ गरी मुद्दा
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”

तपाईंले छुटाउनुभयो कि?