प्रचण्डलाई पार्टीभन्दा सत्ताकै चिन्ता !

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०८१
|
|
४२ पटक हेरिएको
Shares
प्रचण्डलाई पार्टीभन्दा सत्ताकै चिन्ता !

सारांश

  • काठमाडौं।
  • २७५ सदस्यीय प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को जम्मा ३२ सिट छ।
  • जुन संसदीय अंक गणितमा ११ प्रतिशत मात्रै हो।

काठमाडौं। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को जम्मा ३२ सिट छ। जुन संसदीय अंक गणितमा ११ प्रतिशत मात्रै हो।

तर, संसद्मा विभाजित मतको फाइदा उठाउँदै ‘३२ सिटे माओवादी’ले काँध फेरि फेरि झण्डै डेढ वर्ष सरकार चलायो। संसदीय राजनीतिमा आएको दुई दशक नपुग्दै ठूलो मतान्तरसहित तेस्रोमा खुम्चिएको माओवादीलाई पार्टीभन्दा सत्ताकै बढी चिन्ता छ।

तत्कालीन जनयुद्ध गरेको ठूलो समूह चिराचिरामा विभाजित भए पनि एकीकृत गर्ने कुरा भाषणमा मात्रै सीमित छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान भने अधिकांश समय सत्ता केन्द्रित छ । दुई दशकमा दर्जनौँपटक सत्तामा बसेको माओवादी खुम्चिएकोमा भन्दा उहाँलाई सत्ता गुमेको पीर बढी देखिन्छ। सत्ताबाट बाहिरिएको चार महिनामै उनी फेरि सत्ताकै फिर्के दाउमा छन्। नयाँ सरकार बनेको सय दिन नपुग्दै सरकार ढल्ने हल्ला फिँजाएका उनले फेरि सार्वजनिक रूपमै सत्ताकेन्द्रित अभिव्यक्ति दिन थालेका छन्। दलहरू सन्निकट रहेको उपनिर्वाचनमा होमिरहेका बेला अध्यक्ष प्रचण्डले आफूहरूको दल नयाँ सरकारका लागि पर्खिरहेको बताएका छन्।

शनिबार काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अहिलेको सरकार उल्ट्याएर आफूहरूको सरकार बन्ने दाबीसमेत गरे। ‘विपक्षी दल भनेको गभर्मेन्ट अफ वेइटिङ अर्थात् पर्खिरहेको सरकार हो। त्यसकारण यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रो हो,’ उनले भने, ‘त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन।’ आफ्नो दलसँग म्याजिक सिट रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै रहेको उनले जिकिर गरे।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने माओवादीको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी मात्रै भएको बताउँदै आएका छन्। केही दिनअघि विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाइएको आरोप लगाएका थिए।

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ २४० सिटमध्ये एक्लै १२० सिट अर्थात् ५० प्रतिशत जितेको थियो भने समानुपातिकतर्फ २९.२२ प्रतिशत मत ल्याएको थियो। २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी घटेर प्रत्यक्षतर्फ २७ सिटमा खुम्चिएको थियो भने समानुपातिक मत पनि झण्डै आधा घटेर १५.२१ प्रतिशतमा झरेको थियो। २०७४ मा एमालेसँग मिलेर चुनाव लड्दा माओवादीले प्रत्यक्षतर्फ १६५ सदस्यीय प्रतिनिधिसभामा ३६ सिट जितेको थियो भने समानुपातिक मत चाहिँ घटेर १३.६५ प्रतिशतमा झरेको थियो। अनि २०७९ सालमा कांग्रेससँग मिलेर चुनाव लड्दा माओवादीले प्रत्यक्षतर्फ आधा क्षति भोगेर १८ सिटमा चित्त बुझाउनुपरेको थियो भने समानुपातिक मत १३.६३ प्रतिशतमा झरेको छ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीसँग ३२ सिटको अझै म्याजिक नम्बर नै रहेको दाबी दोहोर्‍याएका छन्। यसअघि पनि माओवादीको ३२ सिटलाई जादुयी नम्बरको संज्ञा दिएका उनले शनिबार फेरि ३२ सिट म्याजिक नम्बर नै रहेको दोहोर्याएका हुन्। ‘यही हलमा मैले ३२ को संख्यालाई जादुको संख्या भयो हाम्रो भनेको थिएँ। मेरो यो भनाइले उनीहरू अझै बढी उद्देलित र तरंगित पनि भए होलान्। मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला। अहिले पनि हाम्रो संख्या फेरि पनि म्याजिक नै छ,’ अध्यक्ष प्रचण्डले भने।

अहिले बनिरहेको सरकार अप्राकृतिक ढंगबाट बनेको उनले बताए। अहिले आफूहरू नयाँ चुनौती र अवसरको दोसाँधमा रहेको समेत बताए। ‘बडो अप्राकृतिक हिसाबले उनीहरूले सरकार बनाएका छन्। उनीहरूको उद्देश्य भनेको भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने र विरोध गर्नेहरूलाई दमन गर्नेतिर केन्द्रित छन् भन्ने देखिएको छ,’ प्रचण्डले भन्नुभयो, ‘अहिले हामीले नयाँ चुनौती र नयाँ अवसरको दोसाँधमा छौँ । मैले सरकारबाट बाहिरिँदै गर्दा केही समीक्षा गरेको थिएँ । हाम्रो वर्ग, समुदाय, एजेण्डाहरूलाई जुन स्तरबाट समात्नुपर्ने थियो, त्यहाँ केही न केही कमजोरी भए । हाम्रो जनतातिर फर्कने कसम प्रतिनिधि सभाबाटै खाएँ र देशव्यापी नयाँ अभियानको सुरुवात भएको छ ।’

प्रचण्डले माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरू फेरि एकताबद्ध हुने बताए। ‘०६४ पछि धेरैले प्रचण्डभन्दा ठूलो नेता बन्ने रहर गर्नुभयो, अहिले हालत देख्नुभएको छ, तर अहिले फेरि सबै माओवादी धाराहरू प्रचण्डको नेतृत्वमा मात्र एकताबद्ध हुन सकिन्छ भनेर आउनुभएको छ’, उनले भने।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋषि धमलासँग अन्तरवार्ता दिएका बानियाँ र बस्न्यातमाथि कारबाही : यस्तो थियो कुराकानी
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
यी लेखिका जो आफ्नै बुवाबाट यौन शोषणमा परिन्
यी लेखिका जो आफ्नै बुवाबाट यौन शोषणमा परिन्
मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी
मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी
पैसामा विवाद हुँदा श्रीमतीको हत्या
पैसामा विवाद हुँदा श्रीमतीको हत्या
अक्षय कुमारलाई कोरोना संक्रमण
अक्षय कुमारलाई कोरोना संक्रमण
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
महारानी इन्दु (राजेश्वरी) – भाग दुई
महारानी इन्दु (राजेश्वरी) – भाग दुई
आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै
आज मध्यरातमा इन्धनको मूल्यबृद्धि हुँदै

तपाईंले छुटाउनुभयो कि?