प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ७, २०७७
|
|
५६ पटक हेरिएको
Shares
प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

सारांश

  • काठमाडौं, ७ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण भलाकुसारी गरेका छन् ।
  • तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे कुराकानी गरेको बुझिएको छ ।

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण भलाकुसारी गरेका छन् । तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे कुराकानी गरेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र आएको समस्याबारे कुरा गरेका थिए । उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । त्यतिबेला साथ दिन देउवालाई आग्रह गरेको बुझिएको छ ।

देउवा विश्वासपात्रहरु गोपालमान श्रेष्ठ र रमेश लेखकसँगै अपरान्ह बालुवाटार छिरेका थिए । उनी फर्कदा झमक्क साँझ परिसकेको थियो । प्रधानमन्त्री ओलीले पनि विश्वासपात्रहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेका थिए । बालुवाटारमा दुवै नेताले राजनीतिक समिक्षा गरे । प्रचण्डको पछिल्लो भूमिकाबारे पनि व्याख्या भएको थियो ।

प्रधानमन्त्री ओली पार्टीभित्र कुरा नमिलेमा देउवासँग मिलेर जाने तयारीमा छन् । आफूलाई पार्टी कमिटीले हटाउने निर्णय गर्ने सम्भावना रहेसँगै ओलीले विकल्प तयार गरेका छन् । पार्टी दुर्घटनामा परेमा उनी देउवाको साथ लिएर बढ्ने तयारीमा रहेको बुझिएको छ । देउवाले पनि ओलीलाई साथ दिदै आएका छन् । उनले साथ नदिएको भए संसदमा विशेष अधिवेशन डाकेर अविश्वासको प्रस्ताव आइसक्थ्यो । देउवाको साथले यो टर्दै आएको छ ।

देउवाले पनि विगतमा प्रचण्डले आफूलाई धोका दिएको गुनासो गर्न छाडेका छैनन् । संसदको चुनाव अघि अचानक प्रचण्ड ओलीसँग मिलेर गएपछि देउवा रुष्ट छन् । त्यसयता दुई नेताबीच दुईपटक मात्र एक्ला एक्लै भेटवार्ता भएको छ । देउवाले आफूलाई धोका दिएको भन्दै प्रचण्डको आलोचना गर्दै आएका छन् ।-फाइल तस्वीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
‘राजनीतिक जीवनको उत्तरार्ध’मा दल खोज्दै दुई नेता
‘राजनीतिक जीवनको उत्तरार्ध’मा दल खोज्दै दुई नेता
दलित समुदायको पुख्र्याैली पेशा सङ्कटमा
दलित समुदायको पुख्र्याैली पेशा सङ्कटमा
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

तपाईंले छुटाउनुभयो कि?