प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
३९ पटक हेरिएको
Shares
प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, १९ असार । बरु पार्टी फोड्ने तर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई सत्ता नछाड्ने ! नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो सन्देश दिइसकेका छन् । उनले आफ्ना निकटस्थलाई लगाएर नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ताका लागि खटाइसकेका छन् । नाम दर्ता गर्न पुगेकाहरुको सम्बन्ध ओली निकटस्थहरुसँग देखिएबाट यसको पुष्टि हुन्छ ।

पार्टीभित्र राजीनामाको दबाब बढेपछि ओलीले नयाँ रणनीति तयार गरेका छन् । पार्टी फुटाउन आवश्यक पर्दा अध्यादेश समेत ल्याउन मिल्ने गरी संसद अधिवेशन अन्त्यको सिफारिश गराएर अनुमोदन गराइसकेका छन् । अब राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेशको तयारी छ । पार्टीभित्र अल्पमतमा परेका उनी सत्ता छाड्नुभन्दा नेकपा बिघटनको निर्णय गर्ने तयारीमा छन् । भोलिभित्र यसको टुंगो लागिसक्ने बुझिएको छ ।

ओली सत्ता नछाड्ने र उनका विरोधी समुह सत्ताबाट हटाइछाड्ने अडानमा रहेबाट वार कि पार हुनसक्छ । त्यस्तो अवस्थामा ओलीसँग संसदमा बहुमत गुम्नेछ । त्यसो हुँदा सत्तामा जान नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको समर्थन चाहिनसक्छ । ओलीले आफू सत्तामै रहने भरमग्दुर प्रयास गर्ने देखिएको छ । त्यस्तो सम्भव नभए प्रचण्ड र माधवकुमार नेपाललाई सत्तामा जान नदिने बरु काँग्रेस र जसपालाई सत्तामा जान सहयोग गर्ने सम्भावना पनि रहनसक्छ ।

इखालु स्वभावका ओलीले यसपटक कठोर कदम चाल्ने संकेत गरिसकेका छन् । कुनै हालतमा सत्ता सजिलै नछाड्ने उनको रणनीतिले नेकपालाई बिघटनको संघारमा पुर्याइसकेको छ । यसले दलहरुमा दुर्घटना निम्त्याउने मात्र नभई नेपाली राजनीतिमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिमार्जन नभइ एमसिसी पारित हुन्न,  राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
परिमार्जन नभइ एमसिसी पारित हुन्न, राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै
प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै
राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
ठूलाे धनराशी र गरगहना चोरीमा संलग्न महिला पक्राउ !
ठूलाे धनराशी र गरगहना चोरीमा संलग्न महिला पक्राउ !
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
RSS presents provincial plans to Chief Minister Gurung
RSS presents provincial plans to Chief Minister Gurung
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
आफ्नै श्रीमतीले जन्माएको बच्चाको रगत बुवासँग नमिलेपछि…
आफ्नै श्रीमतीले जन्माएको बच्चाको रगत बुवासँग नमिलेपछि…
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद
सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यबाद