प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १६, २०७९
|
|
५४ पटक हेरिएको
Shares
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे

सारांश

  • ढोरपाटन ।
  • नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताएका छन् ।
  • नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रममा नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताए ।

ढोरपाटन । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रममा नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताए ।

उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए । अब छिट्टै केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूको सरकार आउने भन्दै गण्डकीमा कांग्रेसले नेतृत्व लिने उनको दावी थियो ।

नेता पाण्डेले भने, “चुनावपछि गठबन्धनमा विभिन्न समस्या आए तर दुई महिना नबित्दै पुनः हामी सबै एक ठाउँमा उभिएका छौँ, सँगै चुनाव लड्यौँ, जनताका माग र समस्या समाधान गर्ने बाचा ग¥यौँ, अब जनताका माग पूरा गर्न हामीहरू लाग्छौँ । ”

उनले पार्टी सङ्गठन बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभयो । समय–समयमा जनतामाझ पुग्ने र उनीहरूको सुख, दुःख र समस्या बुझ्न नेता कार्यकर्तालाई उनले आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
बैशाख १५ गते सोमबारको राशिफल यस्तो छ
बैशाख १५ गते सोमबारको राशिफल यस्तो छ
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !
रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडीको मनोनयनमा
रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडीको मनोनयनमा
पदकको आशा गरिएकी खेलाडी साग छोडेर सुटुक्क वैदेशिक रोजगारमा
पदकको आशा गरिएकी खेलाडी साग छोडेर सुटुक्क वैदेशिक रोजगारमा
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग
सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

तपाईंले छुटाउनुभयो कि?