प्रदेश १ : कांग्रेसबाट डा. रिजाल एक्लो विजेता !

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
प्रदेश १ : कांग्रेसबाट डा. रिजाल एक्लो विजेता !

सारांश

  • प्रदेश नम्बर १ मा प्रतिनिधि सभाका लागि २८ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
  • अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममा कांग्रेसले एक स्थानमा मात्र विजय हाँसिल गरेको छ ।
  • कांग्रेसका लागि प्रदेश १ मा आशाको उज्यालो छर्ने डा.

प्रदेश नम्बर १ मा प्रतिनिधि सभाका लागि २८ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममा कांग्रेसले एक स्थानमा मात्र विजय हाँसिल गरेको छ ।

कांग्रेसका लागि प्रदेश १ मा आशाको उज्यालो छर्ने डा.मिनेन्द्र रिजाल हुन् । उनले मोरङ २ बाट विजय हाँसिल गरेका छन् । रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनको प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार ऋषिकेश पोख्रेलले ३४ हजार १४ मत ल्याएका छन् । शुक्रबार दिउँसोबाट मतगणना सुरु हुँदा एमाले उम्मेदवार पोख्रेलले अग्रता लिएका थिए ।

मिनेन्द्र शनिबार बिहानसम्म पछाडी थिए तर उज्यालो हुन थालेपछि उनले अग्रता बढाएका थिए । उनी सो क्षेत्रबाट पहिलो पटक निर्वाचन लडेका हुन् । एमाले उम्मेदवार पोख्रेलले पूर्व सांसद हुन् । स्थानिय बासिन्दा पोख्रेलले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए ।

३६ वर्षसम्म सो क्षेत्रमा कांग्रेसले निर्वाचन जित्दै आएको इतिहासलाई एमाले उम्मेदवार पोख्रेलले ०७० मा तोडेका थिए । तर, विजयको यात्रालाई निरन्तरता दिन सकेनन् । मोरङका ६ वटा प्रतिनिधिसभाको निर्वाचन मध्ये ५ वटामा कांग्रेसका हेवीवेट उम्मेदवार पराजित हुन पुगेपनि मिनेन्द्रले साख जोगाएका छन् ।

मिनेन्द्रको पहिलो जीत

मिनेन्द्र ०६४ देखि राजनीतिमा देखिएका हुन् । उनी पहिलो र दोस्रो निर्वाचनमा समानुपातिक सूचीमै बसेर मन्त्री भइसकेका छन् । तर, यसपटक देशभर एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर निर्वाचनमा सहभागीता जनाएपछि कांग्रेसले प्रभावशाली नेतालाई समानूपातिक सूचीबाट हटाएर निर्वाचनको मैदानमा खटाएको थियो ।

त्यसैक्रममा पहिलो पटक मिनेन्द्र निर्वाचन लड्न मोरङ २ पुगेका हुन् । उनी बिराटनगरका बासिन्दा हुन् । र, बिारटनगरबाट करिब ३४ किलोमिटर दक्षिणपूर्वी निर्वाचन क्षेत्रमा उनी पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
सिन्धुलीमा ट्याक्टरले लियो एकजनाको ज्यान
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
नेपाल भर्सेस यूएईः नेपालको स्कोर १०० पुग्यो (लाइभ भिडयो सहित)
नेपाल भर्सेस यूएईः नेपालको स्कोर १०० पुग्यो (लाइभ भिडयो सहित)

तपाईंले छुटाउनुभयो कि?