प्रधानन्यायाधीश राणाले गरे ९ जना न्यायाधीशको कार्वाहीस्वरुप सरुवा
सारांश
- काठमाडौं ।
- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई काज सरुवा गरेका छन् ।
- कार्वाहीस्वरुप न्यायाधीशलाई काजमा तानिएको यो पटक हो ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई काज सरुवा गरेका छन् । कार्वाहीस्वरुप न्यायाधीशलाई काजमा तानिएको यो पटक हो । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिन भएको छ । उनले न्यायपालिका शुद्धिकरणका लागि काम थालिसकेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषद्मा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो । विराटनगर उच्च अदालतका ५ जना न्यायाधीश लगायत ९ जनालाई काजमा न्यायपरिषद सचिवालय तानिएको हो ।
यसअघि न्यायसम्पादन गरेको नदेखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमङ्गल आत्रेयलाई न्यायपरिषद् सचिवलायमा तानिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो कार्यभार सम्हालेलगत्तै न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए । अदालत अनुगमनका क्रममा सही कार्यसम्पादन नगरेको पाएपछि नौ उच्च अदालतका न्यायाधीशलाई सरुवा गरिएको हो ।
प्रतिक्रिया