प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई आफ्नो निवासमा बोलाएर झपारेका छन् ।
  • साताव्यापी जापान भ्रमणबाट फर्किएका खरेलको बारेमा विभिन्न नकारात्मक टिकाटिप्पणी भैरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर झपारेका हुन् ।
  • बालुवाटार सूत्रले दिएको जानकारी अनुसार खरेललाई बोलाएर प्रधानमन्त्री ओलीले निगमको अवस्था दिनप्रतिदिन खस्किँदै गैरहेकोले अब पनि यसलाईै उकास्नेगरि काम नगरे तीन वटा विकल्प रोज्न तयार हुनुपर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई आफ्नो निवासमा बोलाएर झपारेका छन् । साताव्यापी जापान भ्रमणबाट फर्किएका खरेलको बारेमा विभिन्न नकारात्मक टिकाटिप्पणी भैरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर झपारेका हुन् ।

बालुवाटार सूत्रले दिएको जानकारी अनुसार खरेललाई बोलाएर प्रधानमन्त्री ओलीले निगमको अवस्था दिनप्रतिदिन खस्किँदै गैरहेकोले अब पनि यसलाईै उकास्नेगरि काम नगरे तीन वटा विकल्प रोज्न तयार हुनुपर्ने चेतावनी दिएका थिए । ओलीले कि वाईडबडी बन्द गर्नुपर्ने, चलाउने भए जापान नै चलाउनुपर्ने कि त पद छोड्नुपर्ने चेतावनी दिएका छन ।

ओलीले खरेललाई भनेका थिए,‘मैले विश्वास गरेर तपाईलाई यो जिम्मेवारीमा ल्याएँ । तर, उपलब्धी खोई ? वाईडबडी किन रोकियो ? किन चलाउन सक्नुभएन ?’ प्रधानमन्त्रीको थ्रेट सुनेपछि खरेल कालो निलो भएर निस्किएको स्रोतको दाबी छ।

प्रचण्ड असुरक्षित महशुष गर्नुको कारण ?
काठमाण्डौ । पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई असुरक्षित भएको बताउने गरेका छन् । दाहालले केही समयअघि विप्लव समुहले आफ्नो हत्या गर्ने योजना बनाएको अभिव्यक्ति दिएका थिए । शनिवार आयोजित एक कार्यक्रममा फेरी उनै दाहालले ठूला ठूला राजनीतिक हत्या हुन सक्ने आशंका व्यक्त गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला–ठूला राजनीतिक हत्या, प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मदन भण्डारीको रहस्यमय निधन र तत्कालिन राजा विरेन्द्रको वंशनाश भएको घटना स्मरण गराउँदै फेरी त्यस्तै घटना हुन सक्नेप्रति आशंका व्यक्त गरे ।

विगतका ठूला हत्याकाण्डमा सहभागिलाई कारबाही गर्न नसक्दा फेरी त्यस्तै दुर्घटना दोहोरिन सक्नेप्रति दाहालको भनाई लक्षित थियो । उनले आफूहरु जुनसुकै बेला मारिन सक्नेसमेत बताए ।

आखिर देशकै एक शीर्ष र बलियो सुरक्षा घेराभित्र रहेका नेताले किन ज्यानको असुरक्षा भएको अनभूति गरिरहेका छन् त ? यो विषय गम्भीर छ । तर सुरक्षा मामला जानकारहरुले सत्तारुढ दलकै अध्यक्षले असुरक्षाको महसुस गर्नु लज्जास्पद भएको टिप्पणी गरेका नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्नेतले ।

यसरी बारम्बार हत्या नै हुन सक्ने आशंका व्यक्त भइरहँदा यस विषयमा सुरक्षा निकायले जवाफ दिनुपर्ने बस्नेतको तर्क छ ।

पक्कै पनि सत्तारुढ दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेको व्यक्तिले आफ्नो वा यही तहका शीर्ष व्यक्तिको हत्या हुन सक्ने अनुमान गर्नु गम्भीर विषय हो । यससम्बन्धमा सरकारले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?