अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २८, २०८०
|
|
३७ पटक हेरिएको
Shares
अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी

सारांश

  • काठमाडौं।
  • आजदेखि ३४औं अफ्रिकन कप फुटबल प्रतियोगिता शुरु हुँदै छ।
  • आइभरी कोष्टले आयोजना गर्ने अफ्रिकन कपमा अफ्रिकाका २४ देशले भाग लिँदैछन् र यस प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुने छ।

काठमाडौं। आजदेखि ३४औं अफ्रिकन कप फुटबल प्रतियोगिता शुरु हुँदै छ। आइभरी कोष्टले आयोजना गर्ने अफ्रिकन कपमा अफ्रिकाका २४ देशले भाग लिँदैछन् र यस प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुने छ।

आज उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी-बिसाउसँग खेल्ने तालिका रहेको छ। यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि हुँदैछ।

प्रतियोगिताको समूह ए मा आइभरी कोष्ट, नाइजेरिया, इक्वेटोरियल गिनी र गिनी-बिसाउ रहेका छन् भने समूह बी मा इजिप्ट, घाना, केप भर्डे र मोजाम्बिक रहेका छन्।

त्यस्तै समूह सी मा सेनेगल, क्यामरुन, गिनी र गाम्बिया रहेका छन् भने समूह डी मा अल्जेरिया, बुर्किना फासो, मौरिटानिया, एंगोला रहेका छन्।

त्यसैगरी समूह ई मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया रहेका छन् भने समुह एफमा मोरक्को, डिआर कंगो, जाम्बिया र तान्जानिया रहेका छन्।

प्रतियोगितामा ६ समुहका विजेता र उपविजेता राउण्ड १६ मा पुग्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देशले राउण्ड १६ मा स्थान बनाउने छन्।

अफ्रिकन कपको उपाधि सबैभन्दा बढी इजिप्टले ७ पटक जितेको छ भने क्यामरुनले ५, घानाले ४, नाइजेरियाले ३, आइभरी कोष्ट, अल्जेरिया र डिआर कंगोले २-२ पटक जितेका छन्।

त्यस्तै जाम्बिया, ट्युनिसिया, सुडान, सेनेगल, इथोपिया, मोरक्को दक्षिण अफ्रिका र कंगोले एक एक पटक जितेका थिए । सेनेगल अफ्रिकन कपको डिफेन्डिङ च्याम्पियन हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली आकासमा पनि भारतको नियन्त्रण!
नेपाली आकासमा पनि भारतको नियन्त्रण!
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
निल गाई मारेको अभियोगमा दुई पक्राउ
निल गाई मारेको अभियोगमा दुई पक्राउ
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र
प्रदेश नम्बर २ : १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्र
हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् :पूजा शर्मा
हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् :पूजा शर्मा
तोलामा ७०० ले घट्यो सुनको मूल्य
तोलामा ७०० ले घट्यो सुनको मूल्य
बजेटले साह्रै मर्का पा¥यो कि माननीयज्यू ?
बजेटले साह्रै मर्का पा¥यो कि माननीयज्यू ?

तपाईंले छुटाउनुभयो कि?