पिएम ओली आज सिंगापुर जाँदै, रगतमा समस्या

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १८, २०७६
|
|
९२ पटक हेरिएको
Shares
पिएम ओली आज सिंगापुर जाँदै, रगतमा समस्या

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर आजदैछन् ।
  • सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज शनिबार जाँदै छन् ।
  • उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर आजदैछन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज शनिबार जाँदै छन् । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ । स्वास्थ्य परीक्षण आरामसँगै आरम गर्ने उद्देश्य पनि रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ ।

भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर यही अगष्टको २४ वा २५ तारिखमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणको गृहकार्य थालिसकेका छन् । उनले आफ्नो पहिलो विदेश भ्रमण भुटानबाट सुरु गरेका थिए ।

उनको नेपाल भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै विदेशमन्त्री जयशंकरलाई नेपाल पठाउन लागेका हुन् । नेपाल मामिलाका जानकारसमेत रहेका जयंशकर नेपाली राजनीतिमा अत्यन्तै चर्चित नाम हो ।

भुटान भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङ र भुटानी समकक्षी टेन्डी दोर्जेसँग भेटवार्ता गरेका थिए । मोदीको ५९ सदस्यीय मन्त्रीपरिषदमा उनी गैरराजनीतिक पृष्ठभूमिबाट मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,
पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग
पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग
पेट्रोलियम व्यवसायीको माग,नोजलबाट कम तेल झरे पनि कारबाही नगर्नु,
पेट्रोलियम व्यवसायीको माग,नोजलबाट कम तेल झरे पनि कारबाही नगर्नु,
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली, वाइडबडीलागयत विषयमा प्रस्टिकरण दिने तयारी
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
श्रम स्वीकृति अब अनलाइन प्रणाली मार्फत दिन सुरु
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?