प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०८०
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले भने : स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यकपर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताए ।

सो अवसरमा प्रतिष्ठानका कुलपतिसमेत रहे.का प्रधानमन्त्री प्रचण्डले ‘प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिँदै सोहीबमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा लाग्न’ अपिलसमेत गरे ।

“विसं २०१३ मा सोल्जर बोर्ड अस्पतालका रुपमा स्थापना भएको यस अस्पताल निरन्तर क्षमता वृद्धि हुँदै पाँच सय शय्याको अस्पतालका साथसाथै चिकित्साशास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रुपमा विकसित भएको प्रधानमन्त्रीले स्मरण गरे ।

सो प्रतिष्ठानबाट गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षासमेतको अध्यापन हुनु आफैँमा गौरवको विषय भएको उनले बताए । अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतिष्ठानबाट थप योगदान पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “स्थापनाको छोटो अवधिमा प्रतिष्ठानले हासिल गरेको भौतिक एवं शैक्षिक उपलब्धिको जगमा टेकेर संस्थाको बृहत् हितका पक्षमा नेपालको संविधान, प्रचलित कानुन र प्रतिष्ठानका आफ्नै विधिविधानअनुरूप अगाडि बढ्दै देशकै अग्रणी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास एवं विस्तार भएको छ ।” प्रधानमन्त्रीले सो कार्यका लागि यसमा सम्बद्ध सबैले गम्भीर मेहनत र पहलकदमी लिनेमा आफू आशावादी भएको बताए ।

स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वृद्धभत्ता ७० वर्ष कटेकाले मात्रै पाउने, देउवा सरकारको झुठो प्रचार थियो !
वृद्धभत्ता ७० वर्ष कटेकाले मात्रै पाउने, देउवा सरकारको झुठो प्रचार थियो !
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’
‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’
दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न
दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न
निराश नहुनुस्, कांग्रेसको पुनःसंरचना गर्छु : गगन थापा
निराश नहुनुस्, कांग्रेसको पुनःसंरचना गर्छु : गगन थापा
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
५ नम्बर प्रदेशका मुख्यमन्त्री पोख्रेलले खाए शपथ, पहिलो दिन दुई मन्त्री नियुक्त
५ नम्बर प्रदेशका मुख्यमन्त्री पोख्रेलले खाए शपथ, पहिलो दिन दुई मन्त्री नियुक्त
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
कुखुरामा रानीखेत रोगको प्रकोप
कुखुरामा रानीखेत रोगको प्रकोप
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
प्रधानमन्त्री पत्नी ‘राधिका’ हैन ‘साधिका’
प्रधानमन्त्री पत्नी ‘राधिका’ हैन ‘साधिका’