प्रधानमन्त्री अोलीले पार्टीमा भित्र्याएका ‘कामचोर’ ठेकेदार प्रकाउ !
सारांश
- सिन्धुपाल्चोक, २३ जेठ ।
- प्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पार्टी प्रवेस गराएका ठेकेदार पक्राउ परेका छन ।
- गएको संविधानसभा निर्वाचन २०७० मा पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपाबाट तत्कालिन क्षेत्र नम्बर १ मा उम्मेद्वार भएका थिए धर्मराज भण्डारी ‘भिमसेन ।
सिन्धुपाल्चोक, २३ जेठ । प्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पार्टी प्रवेस गराएका ठेकेदार पक्राउ परेका छन ।
गएको संविधानसभा निर्वाचन २०७० मा पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपाबाट तत्कालिन क्षेत्र नम्बर १ मा उम्मेद्वार भएका थिए धर्मराज भण्डारी ‘भिमसेन । राप्रपाको राजनीति छाडेर केहि प्रतिनिधिसभा निर्वाचनअघि तत्कालिन एमालेमा प्रवेश गरेका थिए । भण्डारी हालका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टीमा भित्र्याएका थिए ।
भण्डारीलार्इ लामोसाँघु जिरी सडक खण्डमा निर्माणकार्य ढिलाइ गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङकाअनुसार उक्त सडक खण्डमा चैतमा नै गरिसक्नुपर्ने कालोपत्रे जेठ लाग्दा पनि काम भएको छैन् । ‘पटक पटक म्याद थपिँदा पनि काम गर्नु भएन’ तामाङले भने ‘ काम नगर्ने ठेकेदारलार्इ पक्राउ गरेका हौं ।’
सिमान्चल, गौरी पार्वती , सुनौती खिम्ती कन्स्ट्रक्सनले उक्त ठेक्का लिएका हुन् । सिमान्चल भारतीय कम्पनी हो भने गौरी पार्वती र खिम्ति नेपाली हो । भारतको सरकारको अनुदानमा ६५ करोडको ठेक्का ३९ करोडमा लिइएको बताइएको छ ।
Dansingh Dansingh
Good
Krishna Thakuri
वलीकाे मान्छे त के वलीकाे बाहु भए पनि काम नगर्ने काम चाेरलाई त कारबाही गर्नैपर्छ
Shyam Shrestha
पार्टि सदस्य मात्र हैन यदि पदाधिकारी भए पनि यस्ता ठग औसरबादीलाई छाडन हुदैन हिम्मत गर्न पर्यो।
Netra Ghimire
good
Surya Shrestha
काम नगर्ने तर नेताको चाकरी गरेर रास्ट्रको सम्पत्ति पचाएर अलपत्र पार्न खोज्ने जोसुकै होउन् कारवाही हुनैपर्छ , सानालाइ मात्रै कानुन होइन ठुलोलाई पनि लगाउनुपर्छ ।
पदम राज गिरि
हाहाहा ठिक भ । पत्रकारलाई समाचार लेख्न खुब सजिलाे भछ अाजभाेलि ।
Dev Gc
काङ्ग्रेसि news ।।।।
Gurung Man
If it does, U r purely wrong.
Rk Paul Tmg
Very good
Mohan Kayasta
Ko ho ? .
Chandra Bdr Lamichhane
Netaa haru laai ghus diyara thekkaa pass gardaa paisaa jattee jhwam bhaya holaaa …. keko paisaa le kaam garaun… ???