प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

सारांश

  • काठमाडौं।
  • एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
  • गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

काठमाडौं। एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताए। मृगौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिसको प्रकृया जारी रहेको र त्यसपछिको उपचार प्रकृया के हुने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार हुने उनले बताए।

स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार ‘मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ भर्ना गरिएको थियो। उपचाररत प्रधानमन्त्री ओलीले आइसियुबाटै आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह समेत हेरेका थिए। सोमबार ओलीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएपनि चिकित्सकहरुले अझै केही दिन अस्पतालमै बस्नुपर्ने सुझाव दिएका छन्। प्रधानमन्त्री ओलीले अझै केही दिन अस्पतालमै आराम गर्ने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?