प्रधानमन्त्री ओलीको स्वास्थ्य गम्भिर की सामान्य ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्य गम्भिर की सामान्य ?

सारांश

  • पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषय निकै चर्चाको विषय बनेको छ ।
  • २ महिना अगाडि मात्र २ पटकसम्म सिंगापुरमा उपचार गरेर फर्किए पछि पनि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बन्न सकेको छैन् ।
  • तर प्रधानमन्त्रीको स्वास्थ्यमा पटक पटक समस्या देखा पर्दा समेत आम जनतालाई भने आधिकारीक जानकारी गराइएको छैन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषय निकै चर्चाको विषय बनेको छ । २ महिना अगाडि मात्र २ पटकसम्म सिंगापुरमा उपचार गरेर फर्किए पछि पनि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बन्न सकेको छैन् । तर प्रधानमन्त्रीको स्वास्थ्यमा पटक पटक समस्या देखा पर्दा समेत आम जनतालाई भने आधिकारीक जानकारी गराइएको छैन् ।

प्रधानमन्त्री ओली देश र जनताकै कार्यकारी प्रमुख अझै भनौ सर्वजनिक पद धारण गरेका जनताका अविभावक । उनको स्वास्थ्य अवस्था कस्तो छ कसरी उपचार गरिदैछ भन्ने कुराको सर्वत्रा चासो हुनु स्वभाविक नै हो । जनताले सत्य तथ्य जानकारी पाउनु अधिकार पनि हो । तर न त सरकारले न त प्रधानमन्त्री कार्यालयले, कसैले पनि ओलीको स्वास्थ्यबारे खुलेर बोल्न चाहदैन ।

पछिल्लो ३ महिना को अवधिमा प्रधानमन्त्री ओलीले स्वदेशमा र विदेशमा पटक पटक स्वास्थ्य परिक्षण गराईरहेका छन् । गत साउन १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका ओली २७ गते स्वदेश फर्किएका थिए । १८ साउन स्वदेश फर्किए र ५ भदौमा फेरि सिंगापुरमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

त्यसपछि पनि उनको स्वास्थ्य सामान्य बन्न सकेन । २ कात्तिकमा काठमाण्डौकै ग्राण्डी अस्पतालमा परीक्षण गराउँदा मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो । पुन.स्वास्थ्यमा समस्या देखिए पश्चात १४ गते बुधबार फेरि अस्पताल लगियो र आकस्मिक रुपमा डायलासिस गरियो ।

बुधबार अस्पतालमा पुगि बिहिबार डायलेसिस गरिए पश्चात अस्पताललले पत्रकार सम्मेलन ग¥यो र प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका थियो । तर स्वास्थ्य परीक्षणको रिपोर्ट सार्वजनिक गरिएन । पत्रकार सम्मेलन गरेको सोही दिन बेलुका प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्च गरियो ।

तर पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बनेको छैन् र अझै पनि कतिबेला अस्पताल पुग्ने पर्ने हो पत्तो समेत छैन् । प्रधानमन्त्री ओलीले आइतबार पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरे । प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो ।

तेस्रो डायलासिसको तयारी भइरहेको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि निरन्तर स्वास्थ्यमा समस्या देखिनु र परीक्षण तथा उपचार गराउने अनिवार्य जस्तै बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यसचिवमा कसले मार्ला बाजी ?
मुख्यसचिवमा कसले मार्ला बाजी ?
काँडाघारीबाट अपहरित ११  वर्षीय बालक मृत फेला
काँडाघारीबाट अपहरित ११ वर्षीय बालक मृत फेला
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन
सबै हस्ताक्षरकर्ता नआएपछि भोली मात्र रिट दायर गर्दै विपक्षी गठबन्धन
चोरले पसल फोडे, पैसा र महंगा समान छोडे अनि प्याज चोरे
चोरले पसल फोडे, पैसा र महंगा समान छोडे अनि प्याज चोरे
प्रदेश प्रमुख एआइजीलाई बनाउन सत्तारुढ दलका सांसदको सुझाव
प्रदेश प्रमुख एआइजीलाई बनाउन सत्तारुढ दलका सांसदको सुझाव
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै

तपाईंले छुटाउनुभयो कि?