प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ

सारांश

  • काठमाडाै, १ जेठ ।
  •   नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेकाे छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंको विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।
काठमाडाै, १ जेठ ।  नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति गरेको भन्दै नेविसंघले मंगलबार काठमाडौंको विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।

अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई दिने लगायतका राष्ट्रघाती काम गरेपछि त्यसको विरोधमा प्रधानमन्त्रीविरुद्ध संघर्ष गर्नु परेको नेविसंघका नेताहरूले बताएका छन्।

उनीहरूले सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले नेपालको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिको पनि सरकारले खण्डन नगरेको भन्दै आपत्ति जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाएको संघको गम्भीर आरोप छ। राष्ट्रियता, प्रजातन्त्रमाथि ‘धावा’ बोल्ने काम नगर्न भन्दै उनीहरूले प्रधानमन्त्री ओली विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

नेविसंघले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेना नेपाल भित्र्याएको भन्दै आपत्ति पनि जनाएका छन्।

मोदीको नेपाल भ्रमणका क्रममा नेपाली मिडियालाई लाइभ गर्न रोक लगाएकोमा पनि नेविसंघले आक्रोश व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ