ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १९, २०७७
|
|
६२ पटक हेरिएको
Shares
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?

सारांश

  • ललितपुर महानगरपालिका–२७ बस्ने एक युवती स्वास्थ्यमा समस्या आएपछि दुई महिनादेखि घरमा बसिरहेकी थिइन्।
  • पत्थरीको शल्यक्रिया गरेर आराम गरिरहेकी उनी शरीरमा राखिएको पाइप निकाल्न केही दिनअघि वीर अस्पताल पुगिन्।
  • अस्पतालले पिसिआर जाँच गरेपछि मात्र पाइप निकाल्न सकिने बताएपछि उनले वीरमै स्वाब दिइन्।

ललितपुर महानगरपालिका–२७ बस्ने एक युवती स्वास्थ्यमा समस्या आएपछि दुई महिनादेखि घरमा बसिरहेकी थिइन्। पत्थरीको शल्यक्रिया गरेर आराम गरिरहेकी उनी शरीरमा राखिएको पाइप निकाल्न केही दिनअघि वीर अस्पताल पुगिन्।

अस्पतालले पिसिआर जाँच गरेपछि मात्र पाइप निकाल्न सकिने बताएपछि उनले वीरमै स्वाब दिइन्। पिसिआर रिपोर्टको पर्खाइमा रहेकी उनलाई गत आइतबार स्वास्थ्य मन्त्रालय र वडा कार्यालयबाट फोन गरेर कोरोना पोजेटिभ देखिएको जानकारी गराइयो। उनलाई घरमै सुरक्षित रूपमा बस्न भनियो।

घरमै आराम गरिरहेकी उनलाई कोरोना पोजेटिभ देखिएपछि परिवारै तनाबमा पर्यो। रिपोर्टप्रति विश्वास नलागेपछि उनले मंगलबार टेकुमा पुगेर पुनः पिसिआर परीक्षणका लागि स्वाब दिइन्। टेकु अस्पतालले बुधबार उनको रिपोर्ट नेगेटिभ आएको जानकारी गरायो। छोटो अवधिमा गरिएका दुई परीक्षणको रिपोर्ट फरकफरक आएपछि अन्योल भयो, जुन स्वाभाविक पनि हो। ‘पहिला रिपोर्ट पोजेटिभ आएको भन्दै सुरक्षा सतर्कता अपनाउन भनियो। विश्वास नलागेर पुनः परीक्षण गर्दा नेगेटिभ देखियो। यसले हामी अन्योलमा छौं,’ ती युवतीका बाबुले भने।

पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि बेचैन बनेको युवतीको परिवारले दोस्रो परीक्षणबाट नेगेटिभ रिपोर्ट आएपछि राहत महसुस गरेको छ। ‘सुरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको टेलिफोनबाट जानकारी पाएपछि रातभर सुत्न सकेनौं, छोरी एउटा कुनामा, पत्नी एउटा कुनामा र म अर्को कुनामा बस्यौं, किरियापुत्री जस्तै छुट्टाछुट्टै बस्यौं,’ उनले भने।

छोरीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि तनावमा परेका उनले सोह्र श्राद्धको तिथिमा श्राद्धसमेत गर्न नपाएको गुनासो गरे। ‘घरमै आराम गरिरहेकी छोरीको रिपोर्ट पोजेटिभ आएपछि हामीलाई विश्वास लागेन। त्यसमाथि हामी सचेत पनि थियौं। त्यसैले पुनः टेस्ट गरायौं। पहिलो रिपोर्टलाई विश्वास गरेको भए कति दुःख र तनाब भोग्नुपथ्र्यो होला रु’ उनले भने।

सुरुमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका मानिसले लगत्तै पुनः जाँच गराउँदा नेगेटिभ आएको घटना धेरै छन्। छोटो समयमै आउने यस्तो अन्तरले पिसिआर परीक्षणको विश्वासनीयतामाथि पनि प्रश्न उठेको छ।

केही समयअघि काठमाडौंको एक निजी क्लिनिकमा कार्यरत चिकित्सकले पाटन अस्पतालमा कोरोना पिसिआर परीक्षण गराए। परीक्षण रिपोर्ट पोजेटिभ आयो। त्यो रिपोर्टप्रति विश्वास नलागेपछि ती चिकित्सकले टेकुमा गएर पुनः पिसिआर परीक्षण गराए। त्यहाँबाट भने रिपोर्ट नेगेटिभ आयो। सुरुमा कोरोना पोजेटिभ देखिएपछि ती चिकित्सक मात्र नभएर सम्पर्कमा रहेका पनि तनाबमा परे। तर टेकुमा गरिएको परीक्षणबाट रिपोर्ट नेगेटिभ अएपछि सबैले राहतको सास फेरे। ‘उहाँको पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी पाएपछि हामी पनि निकै आत्तियौँ, पुनः अर्को प्रयोगशालामा टेस्ट गराउँदा नेगेटिभ देखियो,’ ती चिकित्सकको सम्पर्कमा रहेका एकजनाले भने।

यी केही प्रतिनिधि घटना हुन्। सुरुमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका मानिसले लगत्तै पुनः जाँच गराउँदा नेगेटिभ आएको घटना धेरै छन्। छोटो समयमै आउने यस्तो अन्तरले पिसिआर परीक्षणको विश्वासनियतामाथि पनि प्रश्न उठेको छ। साथै, पोजेटिभ नभएकाले पनि अनावश्यक तनाब बेहोर्नुपरेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले भने : नीति तथा कार्यक्रम यथार्थपरक छैन
ओलीले भने : नीति तथा कार्यक्रम यथार्थपरक छैन
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
कास्कीमा सडक दुर्घटना बढ्दो
कास्कीमा सडक दुर्घटना बढ्दो
दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत

तपाईंले छुटाउनुभयो कि?