अनशनरत डा.केसीको पक्षमा प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २१, २०७४
|
|
३५ पटक हेरिएको
Shares
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन

सारांश

  • श्रावण २१, २०७४- चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ ।
  • प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।
  • चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्नेलगायत केसीको माग छ ।

श्रावण २१, २०७४- चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्नेलगायत केसीको माग छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो । शनिबारको प्रदर्शनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सहभागी थिइन् । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

शनिबारको प्रदर्शनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सहभागी थिइन् । कार्कीले डा केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै आफू पनि प्रदर्शनमा सहभागी भएको बताइन् । डा केसीको माग जायज रहेको, शिक्षा र स्वस्थ्य क्षेत्रमा देखिएको विकृति र विसंगतीविरुद्ध लागेकोल‍े सर्वसाधारण पनि केसीको पक्षमा लाग्नु पर्ने बताइन् । उनले भनिन्, ‘डा केसीले स्वास्थ्य क्षेत्रमा योग्य र दक्ष व्यक्ति आउन् भनेर नै अनसन बस्नु भएको छ । यो क्षेत्रमा व्यापार गर्न पाइन्न । त्यसैले यो अनसनलाई साथ दिऔं’

कार्कीले विदेशमा पनि यस्तो राम्रो माग गरेर अनसन बसिने जनाउँदै केसीको अनसन न्यायसंगत भएको  बताइन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?