राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षतर्फ एक सिटपनि नजित्ने संभावना बढेर गएको छ ।
  • उसले लज्जास्पद हार व्यहोर्ने संकेत देखिएको छ ।

काठमाडौं, २३ मंसिर । पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षतर्फ एक सिटपनि नजित्ने संभावना बढेर गएको छ । उसले लज्जास्पद हार व्यहोर्ने संकेत देखिएको छ । पार्टी अध्यक्ष राणा सिन्धुपाल्चोक २ बाट पराजित भइसकेका छन् ।

राणाले त हारे हारे तर उनका पार्टीबाट चुनावी प्रतिष्पर्धामा रहेका अन्य उम्मेद्धवारहरु पनि पराजित हुने तर्फ उन्मुख छन्। यो सँगै अब राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी नबन्ने अवस्थातिर उन्मूख भएको छ । पटक पटक विभिन्न सरकारमा मन्त्री बन्दै आएका नेताहरुले प्रत्यक्षतर्फको चुनाव जित्न सकेनन् भने यो दल राष्ट्रिय पार्टीको रिङबाट आउट हुने पक्का भएको छ । राष्ट्रिय पार्टी बन्ने दलले प्रत्यक्षमा कम्तिमा एक सिट जित्नैपर्ने प्रावधान छ ।

राप्रपा प्रजातान्त्रिकका नेता एवम् बहालवाला मन्त्री विक्रम पाण्डे चितवनमा बाम गठबन्धनका उम्मेद्धवार एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेका छन् पाण्डे प्रचण्डभन्दा निकै पछि परेका छन् ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकका नेता सुनील थापा धनकुटामा फराकिलो मतान्तरले पछाडि छन् यता रुपन्देही ३ मा एमालेका घनश्याम भुसालले राप्रपा प्रजातान्त्रिकका दीपक बोहोरालाई पछि पारिरहेका छन् । अहिलेको मतपरिणामको रुझान हेर्दा राप्रपाका जित्ने भनिएका नेताहरु नै पराजित हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याकाण्डः कञ्चनपुरमा हवाइ फायर
निर्मला हत्याकाण्डः कञ्चनपुरमा हवाइ फायर
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न :  माओवादी केन्द्र
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न : माओवादी केन्द्र
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
झापामा हतियार र लागूऔषधसहित दुई जना पक्राउ !
झापामा हतियार र लागूऔषधसहित दुई जना पक्राउ !