नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १६, २०८०
|
|
३६ पटक हेरिएको
Shares
नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ ।
  • आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अङ्कले घटको छ ।

बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ ।

त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रू आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध
डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध
बिवेकशिल साझा पार्टीको वडा संयोजक भेला  !
बिवेकशिल साझा पार्टीको वडा संयोजक भेला !
विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल
विकास र प्रगतिको मुद्दा अगाडि बढाउनुपर्छ– महासचिव पोखरेल
लामिछानको बयान जारी, रिहा होलान त आज ?
लामिछानको बयान जारी, रिहा होलान त आज ?
भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने
भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने
मन्त्रिपरिषद् निर्णय : सरकारले खुलायो जग्गा कित्ताकाट
मन्त्रिपरिषद् निर्णय : सरकारले खुलायो जग्गा कित्ताकाट
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी