रुकुममा मतपेटिकामै आगो लाग्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
रुकुममा मतपेटिकामै आगो लाग्यो

सारांश

  • रुकुम, मंसिर १० –रुकुम पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ ।
  • प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो ।
  • मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो ।

रुकुम, मंसिर १० –रुकुम पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो ।

मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको प्रहरीले जनाएको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार त्यस मतपेटिकामा २५० मत खसेको थियो ।

एसिड हालेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नजिकै बम पनि विष्फोटक भएको स्थानीयबासिन्दाले जानकारी दिए पनि प्रहरीले पुष्टि गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
ससुराली गएर आफ्नै श्रीमतीमाथि एसिड हानेपछि…
ससुराली गएर आफ्नै श्रीमतीमाथि एसिड हानेपछि…
जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने
कुटपिटबाट मृत्यु
कुटपिटबाट मृत्यु
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
बालबालिकामाथिको दुर्वव्यवहार सह्य छैनः प्रधानमन्त्री
बालबालिकामाथिको दुर्वव्यवहार सह्य छैनः प्रधानमन्त्री
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग