आज आउने बजेटमा प्राथमिकतामा परेका क्षेत्रहरु यी हुन्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १५, २०७७
|
|
४१ पटक हेरिएको
Shares
आज आउने बजेटमा प्राथमिकतामा परेका क्षेत्रहरु यी हुन्

सारांश

  • काठमाण्डौ ।
  • सरकारले जेठ २ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रमको मार्गनिर्देशनमा रहेर गरिबी घटाउने, रोजगारी सिर्जना गर्ने, कोभिड–१९ नियन्त्रण तथा केही ठूला आयोजनामा केन्द्रीत भए नयाँ बजेट ल्याउने भएको छ ।
  • बजेट निर्माणको कार्य अन्तिम चरणमा पु¥याई बजेट किताव छापाखानामा समेत पठाई सकेको छ ।

काठमाण्डौ । सरकारले जेठ २ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रमको मार्गनिर्देशनमा रहेर गरिबी घटाउने, रोजगारी सिर्जना गर्ने, कोभिड–१९ नियन्त्रण तथा केही ठूला आयोजनामा केन्द्रीत भए नयाँ बजेट ल्याउने भएको छ । बजेट निर्माणको कार्य अन्तिम चरणमा पु¥याई बजेट किताव छापाखानामा समेत पठाई सकेको छ ।

सरकारले सार्वजनिक, निजी र सहकारी सहभागिता मार्फत् संविधानले व्यवस्था गरेको लोक कल्याणकारी राज्यको निर्माण गर्ने गरी बजेट ल्याउने भएको छ । कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई सम्बोधन हुने गरी अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको कार्य अन्तिम चरणमा पु¥याई बजेट किताव छापाखानामा समेत पठाई सकेको छ ।

जेठ १५ गते अर्थात आज संघिय सभाको दुवै संसदमा सयुक्त रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्ष आर्थिक वर्ष २०७७–७८ को बजेट २०७७ सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेटमा सरकारले उद्योग तथा व्यवसायमा कर छुटदेखि सहुलियत प्रदान गर्ने योजनाहरु समेत समाबेश गरेको छ । अर्थ मन्त्रालयका अनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ मा भएको प्रावधानअनुकूल हुने गरी साबिकको आर्थिक ऐनले प्रदान गरेका छुट, सुविधा तथा सहुलियत सम्बन्धी व्यवस्थाहरुलाई यथावत् राखी थप सुविधा प्रदान गरिने भएको छ ।

बजेटबाटै उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा २० प्रतिशतले छुट हुने र यस्तो उद्योगले आफ्नो उत्पादन निर्यात गरी आर्जित गरेको आयमा लाग्ने करको दरमा थप पाँच प्रतिशतले आयकर छुट गरिने व्यवस्था बजेट मार्फत सार्वजनिक गरिन लागिएको छ । १ अर्बभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र ५ सयभन्दा बढीलाई वर्षभर नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने उत्पादनमूलक वा सेवामूलक उद्योगलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको ३ वर्षसम्म लाग्ने करको ५० प्रतिशत आयकर छुट दिने समेत सरकारले योजना बनाएको छ ।

२ अर्बभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई कारोबार सुरु गरेको ५ वर्षसम्म पूर्ण रुपमा आयकर छुट र त्यसपछिको ३ वर्षसम्म लाग्ने आयकरको दरमा ५० प्रतिशत छुट दिने सरकारको तयारी छ । ३ सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने कार्यक्रम समावेश हुने भएको छ । विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आय करको ५० प्रतिशत छुट दिन लागिएको छ ।

धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत् उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने निकायहरुलाई लाग्ने करमा १५ प्रतिशतले छुट दिइने भएको छ । स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोबार गर्ने डेरी उद्योग र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा ५० प्रतिशतले छुट पाउने व्यवस्था गर्न लागिएको छ । विदेश तथा स्वदेश भ्रमण, सेमिनार, गोष्ठी, अतिथि स्वागत, अन्य प्रशासनिक खर्च, सेवा तथा परामर्श र विविध खर्च शीर्षकमा छुट्टयाइने चालु खर्च पनि कटाउने तथा घटाउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
एसिया कप क्रिकेटः सन्दिपको जित, नेपालको हार !
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
यसकारण हुन सकेन आईजीपी नियुक्ति : १ गतेको बैठकले निर्णय गर्ने
यसकारण हुन सकेन आईजीपी नियुक्ति : १ गतेको बैठकले निर्णय गर्ने
बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय
बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय
राक्सीराङको गाउँपालिकामा काँग्रेस विजयी
राक्सीराङको गाउँपालिकामा काँग्रेस विजयी
पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु
पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु
विद्यालयमा डेङ्गु रोकथाम अभियान शुरु
विद्यालयमा डेङ्गु रोकथाम अभियान शुरु
मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान
मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल
गुफा डाँडामा आन्तरिक पर्यटकको चहलपहल