दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३, २०८०
|
|
५९ पटक हेरिएको
Shares
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

सारांश

  • काठमाडौँ ।
  • आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ ।
  • नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अङ्कले बढेको छ । बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अङ्कले बढेको छ ।

लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू पाँच करोड ४६ लाख ५८ हजार छ सय ८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने
चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम
प्रदेश ३ स्तरीय खेलकूद प्रतियोगिता चितवनमा
तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष
तारागाउँ रिजेन्सीमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
मापसे गरेका व्यक्ति हत्कडी सहित भागेपछि…
तीन महिलाको हत्या गर्नेलार्इ प्रहरीले पहिचानसमेत पत्ता लगाउन सकेन
तीन महिलाको हत्या गर्नेलार्इ प्रहरीले पहिचानसमेत पत्ता लगाउन सकेन

तपाईंले छुटाउनुभयो कि?