प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २०, २०७४
|
|
५७ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

सारांश

  • काठमाडौँ, २० मंसिर , प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ ।
  • प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गर्नुभएको हो ।
  • विज्ञप्तिमा उहाँले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँ, २० मंसिर , प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गर्नुभएको हो ।

विज्ञप्तिमा उहाँले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ – “सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु ।”

नेपालको संविधानअनुसार भोलि मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हँुदैछ । यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रधानमन्त्री देउवाले प्रथम चरणको निर्वाचनमा यस्तै आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्समा आर्मी क्लबको दुइ किर्तिमान
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्समा आर्मी क्लबको दुइ किर्तिमान
पशुपतिमा तस्बिर खिचे एक्काइस सय जरिवाना
प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी
प्रधानमन्त्री कप क्रिकेट: रोमाञ्चक खेलमा प्रदेश नं. ३ र २ विजयी
झूठ बोलेर झमेला निम्त्याउदै प्रचण्ड…
झूठ बोलेर झमेला निम्त्याउदै प्रचण्ड…
आजदेखि जोर विजोर प्रणाली अनुसार सवारी चल्ने
आजदेखि जोर विजोर प्रणाली अनुसार सवारी चल्ने
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
​मध्यरातसम्म वार्ता गर्दा पनि टुंगिएन अनशन…
​मध्यरातसम्म वार्ता गर्दा पनि टुंगिएन अनशन…
काँग्रेस चुनावमा हार्नुको कारण केन्द्रीय समितिको वैठकमा छताछुल्ल
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?