प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २५, २०७४
|
१
|
५१ पटक हेरिएको
Shares

सारांश

  • चितवन– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् ।
  • चितवन क्षेत्र नं.
  • ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

चितवन– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा गरेको वाचा पूरा गर्ने बचनबद्धता दोह¥याएका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा राखेको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दा दाहालले सो भनाइ राखेका हुन् ।

उनले भने– ‘राजनीतिक स्थायित्व, विकास निर्माण र समृद्धिका जेजति वाचाहरु मतदातासामु गरियो ती सबै हामी पूरा गर्ने छौं ।’ निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणअनुसार दाहाल ४८ हजार २७६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतको अन्तरले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसको समेत समर्थन रहेको पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए । प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्र रहेको चितवनमा सवै नौ क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । चितवन क्षेत्र नं. १ मा एमालेका सुरेन्द्र पाण्डे र क्षेत्र नं. २ मा पनि एमालेकै कृष्णभक्त पोखरेलले विजयी भएका थिए ।

त्यस्तै क्षेत्र नं. १ को दुवै प्रदेश सभामा एमालेका उम्मेदवारहरु दावा दोर्जे लामा र कृष्ण खनालले विजयी भए । क्षेत्र नं. २ को प्रदेश सभा एकमा माओवादी केन्द्रका घनश्याम दाहाल अबिनाश र प्रदेशसभा २ मा एमालेका विजय सुवेदी विजयी भए । त्यस्तै क्षेत्र नं. ३ को प्रदेशसभा १ मा एमालेका कृष्ण भुर्तेल र २ मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका थिए । 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shishir Ghimire

    Hunu parxa ne

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
लुम्बिनीको बिनियोजन विधेयक पारित
लुम्बिनीको बिनियोजन विधेयक पारित
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना
विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना
३३ किलो सुन प्रकरणमा मुछिएका थाइ एयरवेजका कर्मचारी निष्कासित !
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !
नेपालको रंगशालाकोआर्थिक सहयोग गर्न मोदी लाई भाजपा सांसदको पत्र !
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?