प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडाै, १७ जेठ । प्राइम कमर्सियल बैंकले  चितवनमा शैक्षिक सामाग्रीहरू बितरण गरेकाे छ ।

बैंकले हरेक वर्ष बितरण गर्ने कार्यलार्इ निरन्तरता दिँदै चितवन इच्छाकामना गाउपालीकाकाे १५ वटा सामुदायिक विद्यालयहरूलार्इ सेतोपाटी, सुकुल, कालो मार्कर पेन, डष्टर अादी बितरण गरेकाे हाे ।

हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अनर्तगत प्रदान गरिने शैक्षिक सामग्रीहरु चितवनकै तामिन गाँउमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको लागि १ हजार मीटर पाइप तथा उक्त विद्यालयहरुमा अध्यनरत अति विपन्न परिवारका ७५० विद्यार्थीहरूलाई झोला,  जस्ता शैक्षिक सामाग्रीहरु एक समारोहका बीच बैंकका अध्यक्ष उदय मोहन श्रेष्ठ, सञ्चालक श्री राजेन्द्र दास श्रेष्ठ तथा बैंकका संस्थापक एवं पूर्व अध्यक्ष उमेश श्रेष्ठले  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरूलाइ हस्तानतरण गरेका थिए ।

दुई वर्ष अगाडि देखिनै प्राइम कमर्सियल बैंकले चितवन जिल्लाको तामिन, चण्डीभञ्जाङ्ग, इच्छाकामना, फिस्लिङ्ग, गोरखाको मनकामना गाँउमा तरकारी, फलफूल एवं पशुपालक कृषकहरुलाई  समूहमा काम गर्न उनीहरुलाई आधुनिक कृषि ज्ञान, तालिम र शीप सिकाई उत्पादन क्षमता बढाउन र खेती किसानीलाई व्यवसायिकीकरण गर्ने तर्फ उत्प्रेरण प्रदान गर्ने समय समयमा किसानहरुसँग प्रत्यक्ष अन्र्तकृयाका कार्यक्रमहरु संचालन गरि कृषि उपज सुहाउँदो कर्जा नीति तर्जुमा गरि सोही अनुरुप साना किसानहरुलाई कृषि कर्जा सरलढंगबाट उपलब्ध गरउने गरेकाे छ ।

किसानहरु आफूले उत्पादन गरेका कृषिजन्य वस्तुहरु, तरकारी, फलफूल आ–आफ्नै समूह मार्फत उपभोक्ता वा थोक विक्रेता कहाँ पु¥याउने व्यवस्था गर्ने जसले गर्दा विचौलियाबाट ठगिने वातावरण नहुने, किसानले आफ्नो उत्पादनको उचित प्रतिफल पाउने अनि उपभोक्ताहरुले पनि सुपथ मूल्यमा नै तरकारी खरिद गर्न पाउनाले सबै पक्षहरु प्रत्यक्ष लाभान्वित हुने स्थिति सिर्जना गर्ने खालका कार्यक्रमहरू गर्दै अाएकाे बैंकले जनाएकाे छ । बैंकसंगको सहनिकटताले ती समूहहरुको आ–आफ्नो प्रत्यक्ष सहभागितामा अन्तर समुह सम्बन्ध पनि मजबुत हुने बैंकले विश्वास लिएकाे छ । दैनिक उपभोग्य बस्तुहरु जस्तै नून, तेल, चामल, मसला लगायत अन्य सामाग्रीहरु सुपथ मूल्यमा विक्री गर्ने गरि समूहको पसल संचालनमा ल्याउने कार्यक्रम पनि रहेको बैंकले जनाएकाे छ ।

उक्त पसलबाट आर्जित मुनाफा समेत सम्पूर्ण सदस्य किसानहरुले योगदानको आधारमा पुनः प्रतिफल प्राप्त हुने भएकोले यो विशुद्ध सहकारीको मर्म अनुरुप संचालन गरिएको किसान केन्दित कार्यक्रम हो । उक्त कार्यक्रमलाई  बैंकले नेपाल भर हाल खुलेका बैंकको शाखा कार्यालयहरुमा अभियानकै रुपमा संचालन गर्ने गरि कार्यक्रमको थालनी समेत गरिएको बताएकाे छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ishwor Basnet

    Sahi

    Ramro kam prime bank

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?