फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २४, २०७६
|
|
५१ पटक हेरिएको
Shares
फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने, सबै तयारी पुरा

सारांश

  • फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) को सबै तयारी पुरा भएको छ ।
  • फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार एक्स्पोको सबै तयारी पुरा भएको छ ।
  • संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार उपराष्ट्रपति नन्दकिशोर पु्नले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) को सबै तयारी पुरा भएको छ । फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार एक्स्पोको सबै तयारी पुरा भएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार उपराष्ट्रपति नन्दकिशोर पु्नले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

‘उपराष्ट्रपतिज्यूले बुधबार दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने निश्चित भएको छ । सोही अनुसार हामीले एक्स्पोको सबै तयारी पुरा गरेका छौं । विगत वर्षहरुमा जस्तै यस पटक पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता हुने हाम्रो अपेक्षा छ ।’ बस्नेतले भने । सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी पुरा भएको बताए । ‘विगत वर्षको तुलनामा अझै परिस्कृत रुपमा एक्स्पोको तयारी गरिएको छ । १ सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन् ।’ प्रधानले भने ।
फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने

मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको पनि सपोर्ट छ ।

एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका

साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने छ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदीबन्दीहरुका लागि सभामुख महराको यस्तो कारागारको परिकल्पना
कैदीबन्दीहरुका लागि सभामुख महराको यस्तो कारागारको परिकल्पना
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
पत्रकार (कटुकथा)
पत्रकार (कटुकथा)
सिमेन्टमा नेपाल अझै आत्मनिर्भर बन्न सकेन , वार्षिक अर्वौको सिमेन्ट आयात
सिमेन्टमा नेपाल अझै आत्मनिर्भर बन्न सकेन , वार्षिक अर्वौको सिमेन्ट आयात
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
आज काठमाडौँमा बिजोर नम्बरका सवारी चलाउन नपाईने
आज काठमाडौँमा बिजोर नम्बरका सवारी चलाउन नपाईने
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”

तपाईंले छुटाउनुभयो कि?