फुजेलमा महिलामाथि सांघातिक आक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
३६ पटक हेरिएको
Shares
फुजेलमा महिलामाथि सांघातिक आक्रमण

सारांश

  • गोरखा ।
  • गण्डकी गाउँपालिका वडा नम्बर–३ फुजेल निवासी जिरादेवि दाहालमाथि सांघातिक आक्रमण भएको छ ।
  • स्थानीय तुलाराम दाहालले महिलामाथि आक्रमण गरेका हुन् ।

गोरखा । गण्डकी गाउँपालिका वडा नम्बर–३ फुजेल निवासी जिरादेवि दाहालमाथि सांघातिक आक्रमण भएको छ । स्थानीय तुलाराम दाहालले महिलामाथि आक्रमण गरेका हुन् ।

आक्रमणमा परि दाहालको टाउकोमा गम्भीर चोट लागेको छ । स्थानीय स्वास्थ चौकीमा उपचार नहुने भएपछि घाइतेलाई थप उपचारको लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ ।

दाहालको टाउकोमा १० वटा टाँका लगाइएको छ । घाइते दाहाल गाउँमा एकदम मिलनसार महिला पनि हुन् ।

कसरी भयो महिलामाथि आक्रमण ?
बिहानैदेखि रक्सीको नसामा गाउँ डुलिरहने तुलाराम दाहाल त्यो दिन पनि रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका थिए । रक्सी खाएपछि मन नपरेको मान्छेलाई गाली गर्दै हिँड्ने उनको स्वभाव नै हो ।

आक्रमण भएको दिन तुलाराम दाहाल रक्सी खाइसकेपछि घर फर्कने क्रममा घाइते जिरादेवी दाहालको रामप्रसाद दाहाल (श्रीमान)सँग भेट भयो । पानीको विषयमा गफ सुरु भएको उनीहरुको विषयले अन्तिममा झगडाको रुप लियो । तुलाराम दाहालले ‘अब तलाईं मैले मार्न मात्र बाँकी छ’ भनेपछि चर्काकर्ची भएको हो ।

सामान्य चर्काचर्कीले विस्तारै ठूलो रुप लिँदै गएको फुजेल निवासी राजन पन्त बताउँछन् । हात हालाहालको अवस्थामा पुगेपछि जिरादेवी दाहाल छुट्याउन पुगिन् ।

तर, महिलाको त्यहाँ के लाग्थ्यो र ? भुँइमा फालेको काठको मुढा टिपेर तुलारामले जीवरादेवीलाई हाने । जीरादेवी एकैपटकमा भुँइमा लडिन् । तर, भुँइमा लडेपछि पनि तुलारामले उनलाई मुढाले हिर्काउन भने छोडेनन् ।

महिलामाथि आक्रमणका घटना हुन थालेपछि फुजेलका स्थानीय त्रसित हुन थालेका छन् । फुजेलका स्थानीयहरु भन्छन्, ‘महिलालाई यसरी दिउँसै रक्सी खाएर कुट्न सक्नेले पछि हामीलाई एक्लै भेट्यो भने बाँकी राख्छ ?’

आक्रमण गर्ने दाहाल नेपाली कांग्रेसका स्थानीय नेता हुन् । दाहाल पहिला पनि फुजेलमा विभिन्न काण्ड मच्चाउँदै आएका व्यक्ति हुन् ।

भाग्ने क्रममा पक्राउ
घटना भएको २/३ घण्टापछि नेपाल प्रहरी उनको घरमा पुग्यो । घरमा पुगेपनि त्यो दिन उनलाई प्रहरीले समात्न सकेन् । सायद उनले पहिल्यै नै माथिको सोर्सफोर्स लगाइसकेका थिए ।

गाउँघरमा सबैले गाली गर्न थालेपछि तुलाराम दाहाल फरार हुने सोचमा थिए । घटना भएको दिन नै गाउँबाट राति भाग्ने तयारीमा रहेका दाहाल त्यो दिन भाग्न सकेनन् । तर, उनको सोचलाई प्रहरीले झ्वाम पारिदिएको छ ।

काठमाडौं आएर लुकेर बस्ने सोच बनाएका दाहाललाई बेनीघाट प्रहरीले पक्राउ गरेको छ । हाल उनी बेनीघाट प्रहरीको हिरासतमा छन् ।

उनी काठमाडौं जाने क्रममा बेनीघाटमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले आजै जिल्ला प्रहरी कार्यालय, गोरखा पठाउने र अनुसन्धान थाल्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

How To Get A Young ladies Attention — 3 Straightforward Ways
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
संसदमा उठ्यो प्रश्न, नयाँ बसपार्क लुटपाटमा मजदुर मात्र थिए कि अरु कोही ?
संसदमा उठ्यो प्रश्न, नयाँ बसपार्क लुटपाटमा मजदुर मात्र थिए कि अरु कोही ?
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
एमसीसी परियोजना कार्यान्वयन हुँदै गएकोमा अमेरिकी सहायक विदेशमन्त्री लु खुसी
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत
मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत
चितवन  उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
चितवन उपनिर्वाचन : केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह