फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ९, २०८०
|
|
४९ पटक हेरिएको
Shares
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय

सारांश

  • काठमाडौं ।
  • सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पु¥याइएको छ ।
  • प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले चासो दिएको छैन ।

काठमाडौं । सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पु¥याइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले चासो दिएको छैन ।

संविधानको धारा २८४(३) मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ । मृत्यु भई वा राजीनामा दिई पद रिक्त भएको अवस्थामा भने एक महिनाभित्र पदपूर्ति हुनेगरी नियुक्तिका लागि सिफारिस गर्न सक्नेछ । संविधानको यो प्रावधान हालको प्रधानन्यायाधीशमा एक वर्षसम्म उल्लंघन भएको थियो । अब आउने प्रधानन्यायाधीशको हकमा पनि संविधानको उल्लंघन गरेर सर्वोच्चलाई कामुकै भरमा चलाउन खोजिएको छ । ६५ वर्षको उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अवकास पाउनै लाग्दा उनीपछिको वरीयतामा रहेका न्यायाधीश विश्वम्भर श्रेष्ठको नाम सिफारिस गर्न ढिलाइ भइरहेको छ ।

कार्की गत जेठ २९ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । त्यसअघि कार्की असोज तेस्रो सातादेखि कामु प्रधानन्यायाधीश बनेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअभियोग प्रस्ताव दर्ता भएकाले निलम्बित भएपछि २०७९ फागुन १ देखि सर्वोच्च अदालत कामुका भरमा चल्दै आएको थियो ।

उनको निलम्बनपछि वरिष्ठतम् न्यायाधीशका रूपमा दीपककुमार कार्कीले उक्त जिम्मेवारी पाएका थिए । उनी गएको असोजको तेस्रो साता अवकाशमा गएपछि कामु प्रधानन्यायाधीशको नेतृत्व हरिकृष्ण कार्कीले पाएका थिए । चोलेन्द्र शमसेर निलम्बनकै अवस्थामा रहेकाले कार्कीले सर्वोच्चको नेतृत्व सम्हालेका थिए । उमेर हदका कारण निलम्बित अवस्थामै चोलेन्द्र २७ मंसिरमा अवकाशमा गए । तर, अझै पनि चोलेन्द्र शमसेर राणाको महाअभियोग के हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था संविधानले गरेको छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । प्रधानन्यायाधीश र संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ६ सदस्यीय संवैधानिक परिषद् रहने व्यवस्था छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद् प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलको नेता, प्रतिनिधिसभाका उपसभामुख सदस्य हुने व्यवस्था छ । प्रधानन्यायाधीशको पद रिक्त भएमा नियुक्ति सिफारिस गर्दा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि संवैधानिक परिषद्को सदस्यका रूपमा रहने व्यवस्था छ । तर, सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गर्नुपर्नेमा संवैधानिक परिषद्ले चासो दिएको पाइँदैन ।

सर्वोच्चमा न्यायाधीश अभाव अहिले मात्रै होइन । २०७० सालको अन्तिम र २०७१ सालको प्रारम्भसम्म सर्वोच्च अदालत पाँच न्यायाधीशको भरमा चलेको थियो । सर्वोच्चमा कति जना न्यायाधीश चाहिन्छ त्यसमा दलका नेतालाई कुनै चासो र सरोकारको विषय नहुने भए पनि जबजब राजनीतिक मुद्दा अदालतमा पर्छ त्यसपछि मात्रै न्यायालयको विषयमा दलको अपेक्षा भारी हुन पुग्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुईपटक संसद विघटन भएर पुनस्र्थापना भएको बेलामा होस् या नेकपा विघटनमा अदालतको फैसला । प्रतिनिधिसभा विघटन गरी शाही आयोगको नामबाट राजनीतिक दललाई आतंकित पार्दै तत्कालीन राजा ज्ञानेन्द्रले खडा गरेको समानान्तर न्यायालय (शाही आयोग) पनि सर्वोच्च अदालतले खारेज गरेपछि न्यायालयप्रतिको दृष्टिकोण फरक हुने गरेको छ । आफूअनुकूलको फैसला आउनुपर्ने राजनीतिक दलका नेताको चासोका कारण न्यायालयमा न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको विषयमा ढिला सुस्ती हुने गरेको छ ।

२०७२ सालको संविधानले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश राख्ने व्यवस्था ग¥यो । अस्थायीको प्रावधान हटायो । अनि, संविधानले प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअगावै सिफारिस गर्नुपर्ने अनिवार्यता गरेको थियो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीशको पद खाली हुँदै छ । जिल्लामा पनि न्यायाधीशको दरबन्दी रिक्त छ । उच्च अदालतमा ६० जना न्यायाधीशको पद खाली हुँदै छ । यस्तै, ‘पद रिक्त हुनुअगाडि नै न्यायाधीश नियुक्तिका लागि सिफारिस भइसक्नुपर्ने हो, तर हुन सकेको छैन । हाल उच्चमा ४१ न्यायाधीशको नियुक्ति गर्नुपर्ने अवस्था छ भने देशभरमा ३५ भन्दा बढी जिल्ला न्यायाधीशको दरबन्दी रिक्त छ । गत वर्ष भदौको पहिलो साता जिल्ला न्यायाधीशको पदस्थापन गरिएयता कुनै पनि कुनै तहको न्यायाधीश नियुक्त हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
जनताको जलविद्युत् कार्यक्रम आजबाट सुरु
जनताको जलविद्युत् कार्यक्रम आजबाट सुरु
यस्तो छ प्रधानमन्त्री ओलीको कर्मचारीलाई ५२ बुँदे निर्देशन !
यस्तो छ प्रधानमन्त्री ओलीको कर्मचारीलाई ५२ बुँदे निर्देशन !
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसलाई लक्षित गरेर ‘मेरो देश’ प्रदर्शनमा
(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा
(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना  ! एमाले-माओबादी एकता !
पुरै देश एमालेमय बनाउने केपी ओलीको योजना ! एमाले-माओबादी एकता !
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइनु संविधानसम्मत – निर्वाचन आयोग
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै

तपाईंले छुटाउनुभयो कि?