बट्टाई पालनमा आकर्षित गुरुङ

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १९, २०७७
|
|
३६ पटक हेरिएको
Shares
बट्टाई पालनमा आकर्षित गुरुङ

सारांश

  • बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थाल्नुभएकोे छ ।
  • भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उहाँले आफ्नै घरमा शुरु गर्नुभएको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थाल्नुभएको हो ।
  • पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी रू ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै व्यवसाय शुरु गरेको उहाँको भनाइ छ ।

बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थाल्नुभएकोे छ । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उहाँले आफ्नै घरमा शुरु गर्नुभएको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थाल्नुभएको हो ।
पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी रू ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै व्यवसाय शुरु गरेको उहाँको भनाइ छ । गुरुङ भन्नुहुन्छ, “राम्रो हुँदै गएमा आगामी दिन यो व्यवसायलाई विस्तार गर्दै लानेछु । अहिले चल्ला ठूलो भएर अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरणसमेत शुरु भैसकेको छ । दैनिक एक हजार अण्डा उत्पादन भइरहेको र अण्डासँगै माउ पनि बिक्री हुन थालेको छ ।”
अहिले बट्टाईको अण्डा प्रतिगोटाको रू१०देखि रू १५सम्म पर्छ । त्यस्तै एक जोडी माउको रू ५०० पर्छ । बट्टाईको अण्डा तथा मासु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो । सामान्यत बट्टाईले ४० दिनदेखि ४४ दिनभित्र अण्डा दिने गरेको छ । यसको अण्डा तथा मासुले विभिन्न प्रकारका रोगसमेत निको हुने बताइएकाले स्थानीयबासीको रोजाइमा पनि उक्त चराको अण्डा तथा मासु पर्न थालेको छ ।

(https://gunnewsdaily.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?