बन्द शरणार्थीको तेस्रो मुलुक पुनर्वास

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
५७ पटक हेरिएको
Shares
बन्द शरणार्थीको तेस्रो मुलुक पुनर्वास

सारांश

  •  भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ।
  • झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको जानकारी दिएका हुन्।
  • छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो।

 भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ।

झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको जानकारी दिएका हुन्।

छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो।

छलफलमा सहभागी बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीका अनुसार तेस्रो मुलुक स्थानान्तरण रोकिएपछि अब के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म सम्भव नदेखिएको र स्थानीयकरणमा जोड दिइएको थियो।

त्यसक्रममा स्वदेश फिर्तीबारे पहल भइरहे पनि तत्काल हुन सम्भव नदेखिएको युएनएनएचसीआरका एक अधिकारीले उल्लेख गरे। बाँकी रहेका भुटानी शरणार्थीका विषयमा युएनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत छलफल भएको पथरी शिविरका सचिव चम्पासिंह राईले बताए।

पुनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यमार्फत गरिने राहदानीबाट आफ्ना सदस्य भने लानसक्ने बताइएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङले जानकारी दिए।

पछिल्लो समय भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा गरी करिब ९ हजारको संख्यामा भुटानी शरणार्थी रहेको युएनएचसीआरले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’
मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा

तपाईंले छुटाउनुभयो कि?