बयालीस वर्षपछि सडक स्तरोन्नति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
बयालीस वर्षपछि सडक स्तरोन्नति

सारांश

  • उदयपुर, १६ भदौ ।
  • बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ ।
  • जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बँैकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो ।

उदयपुर, १६ भदौ । बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ ।

जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बँैकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो ।

गाईघाट–फत्तेपुर (सप्तरी) सडक खण्डको २०२४ सालमा उदयपुरगढीसम्म यातायात सञ्चालन गर्ने उद्देश्यले ट्र््याक खोलिएको थियो । करिब ३० किलोमिटर लामो सो सडक खण्डको १० किलोमिटरमा अहिले स्तरोन्नति गर्न थालिएको छ भने बाँकी २० किलोमिटरमा माटो काट्ने, पुर्ने, ग्राभेल गर्ने, पक्की नाली बनाउने, ह्युम पाइप राख्ने, स्ल्याब कल्भर्ट निर्माणलगायतको काम भइरहेको छ ।

बाहै्रमहिना सडक सञ्चालन सुचारु हुनेगरी स्तरोन्नति गर्न लागिएको स्थानीय विकास अधिकारी गणेश दाहालले बताउनुभयो । राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत करिब रु पाँच करोडको लागतमा १० किलोमिटर सडक कोलोपत्र तथा बाँकी भागमा ग्राभेल गरिने उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष ग्राभेल गरिएको त्रियुगा नगरपालिका–७ मोतिगढादेखि जोगिदहको हाटखोलासम्म सडक स्तरोन्नति गरिनेछ । बाँकी भागको स्तरोन्नतिका लागि रु पाँच करोड ९८ लाखमा ठेक्का दिने प्रकृया शुरु भएको छ ।

कालोपत्र गरिने खण्डमा दायाँबायाँ दुबैतर्फ १०÷१० मिटरको चौडाइमा कालोपत्र गरिने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सडक स्तरोन्नति गरिएपछि जिल्लाको पूर्वी क्षेत्रका ग्रामिण भेगका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने हडियाका अर्जुन दाहालले बताउनुभयो । सदरमुकाम गाईघाट पूर्वका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृिष उपजले बजार समेत पाउने छ ।

“सडक स्तरीय नहुँदा कृषि उपज वर्षौँदेखि खेतबारीमै कुहिने गरेको छ,” उहाँले भन्नुभयो ।

गाईघाट–फत्तेपुर सडक सञ्चालन भएपछि गाईघाटदेखि धरान, विराटनगरलगायतका पूर्वका विभिन्न शहरसम्म यातायात सेवा सहज हुनेछ । सडक सञ्चालन नहुँदा सदरमुकाम गाईघाटपूर्वका यात्रु सिरहा र सप्तरी भएर लामो बाटो प्रयोग गर्न बाध्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?
को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
‘टनेल २६’ असोज २३ देखि प्रदर्शनमा: अनुप विक्रम भन्छन्– ‘जोम्बी कथामा बिल्कुलै भिन्न प्रयोग’
‘टनेल २६’ असोज २३ देखि प्रदर्शनमा: अनुप विक्रम भन्छन्– ‘जोम्बी कथामा बिल्कुलै भिन्न प्रयोग’
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस
गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर  भागिन !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर भागिन !
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !

तपाईंले छुटाउनुभयो कि?