बर्षाका कारण डिजेल र पेट्रोलको अभाव

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
बर्षाका कारण डिजेल र पेट्रोलको अभाव

सारांश

  • अस्बिन खड्का, २१ असार ।
  • म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाे बताइएकाे छ ।
  • ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

अस्बिन खड्का, २१ असार । म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाे बताइएकाे छ ।

ढुवानी समस्याकै कारण जिल्लामा डिजेल र पेट्रोल उपलब्ध गराउँदै आएको तेह्रथुम फ्युल सेन्टरले मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

जिल्लाका लागि डिजेल लिएर आउँदै गरेको ट्यांकर असार पहिलो साता लालीगुराँस नगरपालिकाको लसुने नजिकै दुर्घटना भएपछि पुनः जिल्लाका लागि पेट्रोलियम पदार्थ भित्र्याउन नसकेको व्यवसायी चन्द्रशेखर सुवेदीले बताउनुभयो । हिलाम्मे सडकका कारण ठूला ट्यांकरले तेल ल्याउन नमान्ने र साना गाडीबाट ढुवानी गर्दा नोक्सान हुने भएकाले पर्याप्तरुपमा डिजेल र पेट्रोल उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ ।

साना गाडीबाटै ढुवानी गरेर पेट्रोल उपलब्ध गराइरहे पनि ठूलो माग आउने गरेको डिजेलको भने अझै पनि अभाव रहेको छ । गाडीले तेल अभावका कारण जर्किनमा डिजेल बोकेर आवतजावत गरिरहेका छन् । ठूला कम्पनी र थोक ग्राहकलाई ट्यांकर दुर्घटना भएयता डिजेल उपलब्ध गराउन नसकेको व्यवसायी सुवेदीले बताउनुभयो ।

पेट्रोल पम्पमा नै पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारीसमेत भइरहेको छ । व्यवसायीले मनपरि शुल्क लिएर किनबेच गरिरहेका उपभोक्ताको गुनासो छ ।

पेट्रोलियम पदार्थको अभावको मौका छोपेर ग्रामीण सडकमा गुड्ने गाडीले महँगो भाडासमेत उठाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई, अपमानित गरे जेल सजाय
जहाज नआउँदा हुलाक सेवा प्रभावित !
जहाज नआउँदा हुलाक सेवा प्रभावित !
सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै
सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै
सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?
सगरमाथाबाट ढुंगा ल्याउँदा २ शेर्पा र १ अमेरिकी किन पक्राउ परे ?
एउटा भारतीय भिडियो, जसलाई ३ अर्ब ६७ करोड भन्दा बढी पटक हेरियो
एउटा भारतीय भिडियो, जसलाई ३ अर्ब ६७ करोड भन्दा बढी पटक हेरियो
शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त
शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त
बिहीबार १ सय १२ संक्रमित थप
दुषित पानीका कारण गाउँका सबै झाडापखालाबाट बिरामी
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
को हुने मुख्यमन्त्री ? एमालेमा रडाको, पाँच नम्बरमा शंकर पोख्रेललाई हाइसञ्चो

तपाईंले छुटाउनुभयो कि?