बलात्कार पछि जन्मिएका थिए जिसस ख्रिष्ट

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १४, २०७६
|
|
५८ पटक हेरिएको
Shares
बलात्कार पछि जन्मिएका थिए जिसस ख्रिष्ट

सारांश

  • जेसस ख्रिष्टका पिता को हुन् ?
  • यो प्रश्न अझै अनुत्तरित छ ।
  • यसबारे वैज्ञानिक अनुसन्धानहरु भएका छन् ।

जेसस ख्रिष्टका पिता को हुन् ? यो प्रश्न अझै अनुत्तरित छ । यसबारे वैज्ञानिक अनुसन्धानहरु भएका छन् । उनी कुमारी आमाको सन्तान भएको मिथक छ । २२ डिसेम्बर सन् २००० मा जेसस क्रिष्ट कुमारी आमा मेरीबाट जन्मिएको मिथकलाई चुनौती दिदै बीबीसीले दी भर्जिन मेरी नामक वृत्तचित्र तयार गर्यो । तर, प्रसारण गर्नुपूर्व विवाद निस्कियो ।

क्याथोलिक चर्चले कडा आलोचना गरेको वृत्तचित्रले मेरी गरिब र शोषित युवती थिइन् भन्ने तथ्य पत्ता लगायो । जेसस तिनै युवतीको सन्तान थिए जो रोमन सैनिकबाट बलात्कारका कारण गर्भवती भएकी इिन् । विवाह पूर्व बलात्कारका कारण जन्मिएको अवैध बच्चा हुनसक्ने दाबी वृत्तचित्रले प्रस्तुत गर्यो । क्रिष्चियन धर्मालम्बीको कट्टरपन्थी समूहले वृत्तचित्रको चर्को विरोध र आपत्ती जनाए ।

वृत्तचित्र विवाद र बहसको विषय बन्यो । कुमारित्व भंग नभई गर्भ बस्न नसक्ने तर्कको आधारमा वृत्तचित्रले रोमन सैनिकको बलात्कारका अलावा अर्को सम्भावना बारे उल्लेख गर्यो । मेरीको गोप्य प्रेमसम्बन्ध वा विवाहको टुंगो लागेका पुरुष जोसेफसँगको विवाहपूर्वको यौनसम्बन्धका कारण जेससको जन्मबारे राय प्रस्तुत ग¥यो ।

मिथकलाई असत्य पुष्टि गर्दै मिथककै आधारमा तथ्य पत्ता लगाउने अनुसन्धानात्मक प्रयासहरू अझै भइरहेका छन् । जेसस को हुन् ? जेसस थिए कि थिएनन् ? जेससका बारे फैलाइएको मिथकको सत्यतथ्य के के हुनसक्छ ? प्रश्न उठाउँदै उत्तरको खोजविन रोकिएको छैन । जेससको जन्मलाई चर्चले मिथकमै सिमित राखेपनि अनुसन्धानकर्ताहरूले खोजमार्फत् चुनौती दिदै आएका छन् ।

उनको बाबुको यकिन नभएको र आमा मेरीलाई सम्मानित स्थानमा राखिएकाले पनि जेससको जन्म र बाल्यकालको संघर्षबारे विवादास्पद दाबीहरू आइरहन्छन् । जे जस्ता तर्कहरू गरिएपनि जेससले परम्परागत र रुढीवादी समाजको बेथितीविरुद्ध परिवर्तनको आवाज उठाए । रुढीवादी समाजमा सुधार ल्याउने पहल गरे । उनी शोषित, पीडित र कमजोरका पक्षमा थिए भन्ने तर्क बलियो छ ।

६ देखि ४ बी.सी.का बीच २५ डिसेम्बरका दिन उनको जन्म भएको अनुमान गरिएको छ । क्रिष्चियन धर्मालम्बीहरू क्रिष्टलाई इश्वरको पुत्र वा इश्वर नै ठान्छन् । ग्रीकहरू हेब्रु मसिहा भन्छन् । जलाई ईश्वर मानिन्छ । उनलाई जसले जे मानेपनि समाज परिवर्तनका अग्रदूत भने पक्कै हुन् । अहिले विश्वका क्रिश्चियन धर्मावलम्वीको संख्या सबैभन्दा धेरै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित
मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित
दुर्घटना हुनेमा मापदण्डविनाका सडक बढी !
दुर्घटना हुनेमा मापदण्डविनाका सडक बढी !
लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सुरू
लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सुरू
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
नेपाली चलचित्र आरोपको दोश्रो गीत “ ए मन” गीतको भिडियो सार्वजनिक
नेपाली चलचित्र आरोपको दोश्रो गीत “ ए मन” गीतको भिडियो सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?