बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ५, २०७६
|
|
५१ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स

सारांश

  • भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन्।
  • उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन्।
  • उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन्।

भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन्। उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन्। उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन्। आउनुस् थाहापाउनुस्, उनको ब्युटी सेक्रेट्स । डाइटः सही खानेकुरा खानु रेखाका लागि महत्वपूर्ण हो। उनी बेस्सरी फ्राइ गरेको र चिल्लो खानेकुरा खाँदिनन्। रोटी, दही, तरकारी र सलाद उनको खानाको अंग हुन्। उनी शाकाहारी हुन् र ओखर र अनार पनिउनी धेरै खान्छिन्। उनी खाना खाएको तीन घन्टापछि मात्रै सुत्न जान्छिन्। उनी सकेसम्म साँझको साढे ७ बजेसम्म डिनर लिइसक्छिन् ।

फिटनेशः रेखा स्वस्थ रहन र शरीरको आकारलाई दुरुस्त राख्न दैनिक १० देखि १५ मिनेटसम्म शारीरिक अभ्यास गर्छिन्। उनी गार्डे्निङ, नृत्य गर्न मन पराउँछिन्। यसबाट शरीर पनि फिट हुने उनको विश्वास छ। फिटनेश रुटिनमा उनी योगा पनि गर्छिन्।

स्पाः दैनिक रुपमा स्पा जानु रेखाको नियमित रुटिन हो। उनलाइ अरोमाथेरापी र आयुर्वे्दिक मसाजको महत्व राम्रोसंग थाहा छ। त्यसैले उनी घरमा आफंैले मसाज र स्पा गर्छिन्।

असल निद्राः राम्रो स्वास्थ्यका लागि निद्रापनि आवश्यक छ भन्ने उनलाई थाहा छ। त्यसैले उनी चाँडै सुत्ने र बिहान चाँडै उठ्ने उनको बानी छ। यसले उनलाई दिनभर उर्जा दिन्छ।

कपालः कपालको महत्व राम्रोसंग बुझेकी रेखाले यसलाई राम्रो हेरविचार गर्छिन्। उनले दही, अण्डा र मह मिसाएर आफैंले होमप्याक बनाउछिन्। उनी सातामा केहीदिन नरिवलको तेलले पनि कपालको मसाज गर्छिन्। जसले उनको कपाललाई चमकदार र उज्यालो बनाइरहेको हुन्छ। उनी बाहिर बजारमा पाइने उत्पादनहरू सकेसम्म लगाउँदिनन् ।

छालाः रेखा मेकअप नउतारिकन सुत्दिनन्। उनी क्लिनसिङ, टोनिङ र मोस्चराइजिङ नियमित गर्छिन्। शरीर सुख्खा बन्न नदिन उनी दिनमा प्रशस्त मात्रामा पानी पिउछिन्। जसले शरीरको विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत पुग्छ र शरीरलाई ताजा र सक्रिय बनाउन सहयोग पु¥याउँछ।

आँखाः रेखाको आँखा बोल्ड, प्राकृतिक र अभिव्यक्त गर्ने खालको छ। उनी आँखालाई आकर्षक बनाउन चाहिँदो मात्रामा लाइनर र आइ स्याडो लगाउँछिन्। आँखीभौंलाई हल्का मस्कारा लगाउँछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए गम्भीर आरोप
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए गम्भीर आरोप
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
अभिनेत्री श्वेता खड्कालाई ट्युमर, दिल्लीमा आकस्मिक शल्यक्रिया
राष्ट्रियसभाको बैठक स्थगित
राष्ट्रियसभाको बैठक स्थगित
ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर
ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर
“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके
“न तिमीलाई आफ्नो”बनाउन सके भनेर गुनासो पोख्दै छन् केके
पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी
पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?

तपाईंले छुटाउनुभयो कि?