मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २९, २०७८
|
|
७४ पटक हेरिएको
Shares
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

सारांश

  • सिन्धुपाल्चोक।
  • मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ।
  • मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ।

सिन्धुपाल्चोक। मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ।
समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए।
केही काम बाँकी भएपनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए। आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो। इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ।
गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।[image: Melamchi-Water.jpg]

(allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महङ्गा भए ब्याडमिन्टन कभर्डहल
महङ्गा भए ब्याडमिन्टन कभर्डहल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारी तदारुकता !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
कपिलवस्तुमा समानुपातिकतर्फ एमालेलाई कांग्रेसले २९८ मतले जित्यो
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
पैसा बाड्न अाए खोसेर जनताको बिचमा जनतालाई बाड्दिन्छौ । लक्ष्मण लम्साल,प्रदेशसभा २ क,काभ्रे
इन्द्रावती नदीले खेत कटान
इन्द्रावती नदीले खेत कटान
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
मोटरसाइकल, स्कुटरलाई २ सय रुपियाँ कर लगाइने
मोटरसाइकल, स्कुटरलाई २ सय रुपियाँ कर लगाइने

तपाईंले छुटाउनुभयो कि?