ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …

सारांश

  • काठमाडौ – प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन्।
  •  आजको नागरिक दैनिकमा खबर छ ।
  • प्रधानमन्त्री ओली नयाँदिल्ली पुगेकै दिन शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत् आयोजनाको बाँध बनाएमा त्यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समचार छापेको छ।

काठमाडौ – प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

प्रधानमन्त्री ओली नयाँदिल्ली पुगेकै दिन शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत् आयोजनाको बाँध बनाएमा त्यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समचार छापेको छ। इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिरसहितको समाचार प्रथम पृष्ठमा छापेको छ। उसले ‘इफ चाइना बुल्ड युअर ड्याम, इन्डिया उड नट बाई इनर्जी’ शीर्षक दिएर एक कोलमको समचार लेखेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीसँगको भेटमा ‘आयोजना निर्माणका लागि चीनलाई बाँध बनाउन दिन सक्ने तर त्यस्तो आयोजनाबाट उत्पादन हुने बिजुली भारतले किन्न नसक्ने’ बताउने अपेक्षा गरिएको समचारमा उल्लेख छ।

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि समाचारमा उल्लेख छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको अखबारले उल्लेख गरेको छ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको समाचार भारतीय मिडियाहरुले गत कात्तिक २९ मा छापेका थिए। त्यस बेला टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई बुढीगण्डकी आयोजना दिन चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्द गरेको दाबी गरेको थियो। एनएचपिसी भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी हो। नेपालमा भारतीय प्रभावकै कारण चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी भारतीय कम्पनीलाई दिन लागेको समाचारमा उल्लेख थियो।

त्यस बेला लाइसेन्स दिने र अहिलेको खारेजी दुबै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हावी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको उल्लेख गरेको थियो। नेपालका ठूला हाइड्रो प्रोजेक्टहरुमा बेइजिङ ‘प्लेयर’का रुपमा देखिएको टिप्पणी पनि त्यसबेला उक्त पत्रिकाले लेखेको थियो।

अहिले फेरी प्रधानमन्त्री ओली भारत भ्रमणमा निष्केकै दिन त्यस्तै खालका समचारहरु भारतीय अखवारले लेख्न थालेका छन्।

शुक्रबार द हिन्दु र टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता छापेका छन्। द हिन्दुमा ‘नेपाल ऋण पासोबाट डराएको छैन : ओली’ शीर्षकमा पहिलो पेजमा समाचार छापेको छ भने भित्री पेजमा अन्तर्वार्ता दिइएको छ। टाइम्स अफ इन्डियाले प्रधानमन्त्रीको भनाइलाई पहिलो पेजमा राख्दै भित्री पेजमा अन्तर्वार्ता छापेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
११ उपमहानगरमध्ये ६ वटाको नतिजा आयो, कसले कहाँ जित्यो
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
१ सय ८९ जनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे विमानकाे ‘ब्लाक बक्स’ फेला !
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ

तपाईंले छुटाउनुभयो कि?