बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २६, २०७६
|
|
५९ पटक हेरिएको
Shares
बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के

सारांश

  • मेलम्ची, २६ असोज : बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् ।
  • शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् ।
  • अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् ।

मेलम्ची, २६ असोज : बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन् । त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नंको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए । दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पुर्याइएको थियो ।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन् । त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ । ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन् । सात घर फर्केका छन् । शङ्करापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन् । काठमाडौँ मेडिकल कलेज ९केएमसी० अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
युवाले राजनीतिक आन्दोलन होइन, समाज सुधार गर : प्रधानमन्त्री
युवाले राजनीतिक आन्दोलन होइन, समाज सुधार गर : प्रधानमन्त्री
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा
शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा
इजरायली दूताबासले दियो बालबालिकालाई ह्वीलचियर
इजरायली दूताबासले दियो बालबालिकालाई ह्वीलचियर
फूलखेतीबाट पाँच लाख आम्दानी
फूलखेतीबाट पाँच लाख आम्दानी
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
नारायण “निश्चल”  लिएर बजारमा आए
नारायण “निश्चल” लिएर बजारमा आए
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)

तपाईंले छुटाउनुभयो कि?