बहामसपछि अमेरिका पुग्यो शक्तिशाली आँधी डोरिअन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
५१ पटक हेरिएको
Shares
बहामसपछि अमेरिका पुग्यो शक्तिशाली आँधी डोरिअन

सारांश

  • बीबीसी।
  • बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको छ।
  • डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ।

बीबीसी। बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको छ। डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ।

क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ। मौसमविद्‌हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन्।

साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको छ। र, अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ।

अघिल्लो दिन प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ।

बहामसमा तथ्याङ्क राख्न थालिएयताकै शक्तिशाली आँधीको रूपमा सेप्टेम्बर १ तारिखमा डोरिअन प्रवेश गरेको थियो।

यसअघि डोरिअनले बहामसको अबाको टापुमा हजारौँ घरमा क्षति पुर्‍याएको थियो । त्यतिबेला त्यसले प्रतिघण्टा १८५ किलोमिटरको वेगसहित हावाहुरी निम्त्याएको थियो। दुई दिनसम्म त्यसले अबाको टापु र ग्र्याण्ड बहामामा असर पुर्‍याएको थियो।

बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले उक्त समुद्री आँधीलाई 'देशमा आएको ठूलो सङ्कटमध्ये एउटा' भएको बताएका थिए।

डोरिअन आँधीका कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ।

समुद्री आँधीसम्बन्धी अमेरिकी केन्द्र एनएचसीका अनुसार नर्थ क्यारोलाइनाको विल्मिङटनको ८५ किलोमिटर दक्षिणमा स्थानीय समय अनुसार साँझ ५ बजे डोरिअन पुगेको थियो र प्रतिघण्टा १० किलोटिरको वेगमा उत्तर-पूर्वतिर बढिरहेको थियो।

डोरिअन स्थानीय समय अनुसार बिहीवार साँझ र शुक्रवार नर्थ क्यारोलाइनाको तटीय क्षेत्रनजिक अथवा माथि पुग्न सक्ने एनएचसीले जनाएको छ।

अधिकारीहरूका अनुसार बिहीवार बिहान साउथ क्यारोलाइनको तटीय क्षेत्रनजिक पर्ने स्थानका एक लाखभन्दा बढी मानिसहरू बिजुलीविना बस्न बाध्य भएका थिए।

सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा मध्य चार्ल्सटनमा बाढी आएको देखिन्छ।

पूर्वी तटीय क्षेत्रतिरका २२ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
नेहाले दिइन पूर्वप्रेमीलाई धम्की
नेहाले दिइन पूर्वप्रेमीलाई धम्की
फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
नेपाल विरुद्ध संयुक्त राष्ट्रसंघमा मुदा दर्ता गरिदै
नेपाल विरुद्ध संयुक्त राष्ट्रसंघमा मुदा दर्ता गरिदै
बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा
बैसठ्ठी प्रतिशत महिला घरेलु हिंसामा
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन

तपाईंले छुटाउनुभयो कि?