कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा

सारांश

  • दोहा (कतार) ।
  • कतार नेपाली एकता समाजले आफ्नो पाँचौं राष्ट्रिय सम्मेलन गर्न भव्य तयारीमा जुटेको छ ।
  • राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजिविकाको लागि हाम्रो अभियान !

दोहा (कतार) । कतार नेपाली एकता समाजले आफ्नो पाँचौं राष्ट्रिय सम्मेलन गर्न भव्य तयारीमा जुटेको छ । राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजिविकाको लागि हाम्रो अभियान ! प्रवासी श्रमजिवीहरुको हकहित र अधिकारको पक्षमा पाँचौं राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ पाँचौं राष्ट्रिय सम्मेलन गर्ने निधो एकता समाजको विस्तारित बैठकले गरेको दोहाबाट उद्धव मगरले जनाएका छन् ।

पाँचौं राष्ट्रिय सम्मेलनका लागि समाजको विस्तारित र्बैठक सम्पन्न भएको छ । बैठकले पाँचौं राष्ट्रिय सम्मेलनको लागि ६ वटा उपसमितिहरु गठन गरेको छ । हेमन्त वाइवाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा हरिप्रसाद शर्मा, गिरी काउछा, अमिना खान, हेम बस्नेत, प्रेम खत्री, राम इन्दल थिङ्ग रहेका छन् । खिम बुढाको संयोजकत्वमा विधान घोषणापत्र उपसमिति गठन गरिएको छ । जसमा हेमन्त वाइवा र अर्जुन थापा सदस्य रहेका छन् । त्यस्तै धनबहादुर परियारको संयोजकत्वमा आर्थिक उपसमिति बनाइएको छ । यो समितिमा मिनराज पुन, भरत सुनार, तेजनारायण शर्मा, रेणुका चौलागाई सदस्य रहेका छन् । विष्णु थापाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ भने सदस्यहरुमा उद्धव मगर, रामप्रसाद पराजुली, जानुका बस्नेत (खडका), टेंकराज थापा, लिलाधर आचार्य, अर्जुन खनाल, रोशन राई, गोविन्दलाल विक रहेका छन् । बलदेव रानाको संयोजकत्वमा गठित साँस्कृतिक उपसमितिमा सदस्यहरु हुमाकान्त आचार्य, खगेश्वर भुसाल, रणबहादुर बीसी, रेशम रोका, विमल भुसाल, राधिका मगर, दिलबहादुर विक रहेका छन् । अमर विकको संयोजकत्वमा गठित स्वयंमसेवक उपसमितिका सदस्यहरुमा लक्ष्मण कोइराला, रणबहादुर नेपाली, थम्मन पुन, थम्मन थापा, पहलसिंह सामत, शालिकराम पुन, सत्यबहादुर पुन, अशोक राना, इन्दिरा खनाल, इश्वरी थापा रहेका छन् ।

कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले अध्यक्षता गरेको बैठकको सहजीकरण महासचिव खिम बढा मगरले गरेका थिए । विस्तारित बैठकमा कतार नेपाली एकता समाज मातहतका सम्पूर्ण एरिया÷इकाईका पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?