बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ७, २०८०
|
|
५९ पटक हेरिएको
Shares
बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार

सारांश

  • मकवानपुर ।
  • बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन् ।
  • मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन् ।

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन् ।

मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन् ।

उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात र रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।

यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुतm भएका थिए । तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए । तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव
भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा
पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली जाँदै, महत्वपूर्ण भेटवार्ता हुने
पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली जाँदै, महत्वपूर्ण भेटवार्ता हुने

तपाईंले छुटाउनुभयो कि?