बागलुङमा निवारण भएन हात्तीपाइले

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २५, २०७६
|
|
६० पटक हेरिएको
Shares
बागलुङमा निवारण भएन हात्तीपाइले

सारांश

  • गलकोट, २५ पुस स नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन ।
  • सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण जिल्लामा ११ औँ पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागका डा प्रकाश शाहले जानकारी दिए।
  • हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ ।

गलकोट, २५ पुस स नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन । सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण जिल्लामा ११ औँ पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागका डा प्रकाश शाहले जानकारी दिए।

हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि हात्तीपाइले रोग निवारणका लागि बागलुङ जिल्लामा ११ औँ पटक अभियान सञ्चालन गरिने भएको हो ।

“विश्व स्वास्थ्य सङ्गठनले हरेक जिल्लामा हात्तीपाइलेको जीवाणु एक प्रतिशत कम हुनुपर्ने औँल्याएको छ”, शाहले भने, “बागलुङमा एक प्रतिशतभन्दा कम ल्याउन अभियान चलाए पनि पूरा नभएपछि बागलुङमा फेरि अभियान सञ्चालन गरिएको हो ।” एक प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा ११ औँ पटक हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको शाहको भनाइ रहेको छ ।

बागलुङमा गत वर्ष हात्तीपाइलेको औषधि खुवाइए पछि छ महिनामा नमूना सर्वेक्षणका क्रममा नारायणस्थानमा यसको सङ्क्रमण भेटिएपछि पुनः अभियान थाल्नुपरेको हो । बिहीबार बागलुङमा आयोजित जिल्लाका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकसँगको हात्तीपाइलेसम्बन्धी योजना तथा समीक्षा गोष्ठीमा बागलुङमा ११ औ पटक हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गर्न थालेको जानकारी गराइएको थियो ।

अहिले ७७ जिल्लामध्ये १३ जिल्लामा औषधि खुवाएको छ महिनापछि परीक्षण गर्दा जीवाणु भेटिएको थियो । ती जिल्लामा पुनः एकसाथ अभियान सञ्चालन गरिने डा शाहले बताए । तेह्र जिल्लामध्ये गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा ११ औँ पटक अभियान सञ्चालन गर्नुपर्ने भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । “हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिक सचेत नहुनु र लगातार औषधि नखानु यसको कारण हो”, गुरौले भने, “यसपटक स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाइनेछ ।”

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रतिनिधिसभा बैठक आज बस्दै
प्रतिनिधिसभा बैठक आज बस्दै
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
Australians decisively support same-sex marriage
Australians decisively support same-sex marriage
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने

तपाईंले छुटाउनुभयो कि?