बाबा ममीलाइ चिठी लेखेर एक युवाले गरे आत्महत्या

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २५, २०७५
|
|
५० पटक हेरिएको
Shares
बाबा ममीलाइ चिठी लेखेर एक युवाले गरे आत्महत्या

सारांश

  • अस्बिन खड्का, २५ जेठ ।
  •   उदयपुरमा एक युवाले अात्महत्या गरेका छन ।
  • उदयपुर गाइघाटको वार्ड नम्बर ११ को शिवालय टोलमा मा शुक्रबार साँझ ५ बजे तिरको समयमा आत्महत्या गरेका हुन ।

अस्बिन खड्का, २५ जेठ ।  उदयपुरमा एक युवाले अात्महत्या गरेका छन ।

उदयपुर गाइघाटको वार्ड नम्बर ११ को शिवालय टोलमा मा शुक्रबार साँझ ५ बजे तिरको समयमा आत्महत्या गरेका हुन ।

रौतामाई गाउपालिका वार्ड नम्बर ३ घर भई हाल त्रियुगा नगरपालिका ११ मा घरभाडा लिएर बस्ने १८ बर्सीय लोकेन्द्र बीकले कोठामा दिदि लाई तरकारी लिन पठाई पंखामा  झुण्डाउन को लागी बनाईएको फलाम को डन्डी मा दिदि को सल को पासो बनाई झुण्डिएर आत्महत्या गरेका वार्ड नम्बर ११ को सदस्य जित बहादुर खड्काले बताए।

मलाई तरकारी लिन जानु कि जानु भनेर म घर अगाडिको पसल मा तरकारी लियर आयपछी ढोका भित्र बाट बन्द भएको देखे पछी झ्याल खोलेर हेर्दा पो भाई झुण्डीरहेको देखेपछि छरछीमेकी लाई बोलाएको मृतककि दिदिले बताइन ।

घटना को सूचना प्राप्त भयपछी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठ को टोलीले आफन्त, छर छीमेकी सहितको सर्जमिन मुचुल्का उठाई सबैको रोहबर मा ढोका फोरी हेर्दा निज सल को पासो लगाई झुण्डीएको र उनले लगाएको पाईन्ट को गोजीमा मर्नु भन्दा अगाडी लेखेको पत्र समेत फेलापरेको थियो ।

सो पत्र मा उनले मलाई माफ गरिदिनु होला बाबा ममी तथा मार्मिक शब्द हरुले लेखेको पत्र समेत हेरी निज को सबै कानुनी कुरा पुरा गरी निजको पोस्टमार्टम समेत गरी उनको परिवारको जिम्मा लगाउने प्र नीश्रेष्ठ ले बताए ।

उसको बुवा हर्क बहादुर बीक बैदेशिक रोजगारी मा रहेको र गाइघाट मा उनिहरु कोठा भाडामा बसेर पढ्ने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?