बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • चलचित्र नायिका करिश्मा मानन्धर अर्को हप्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने निश्चित भएको छ ।
  • उनले पार्टी प्रवेश गर्ने खबर केही दिनदेखि चर्चामा थियो ।
  •  एसईई उत्तीर्ण गरेलगत्तै करिश्माले राजनीतिमा फेरि करिश्मा देखाउने संकेत गर्दै नेकपा प्रवेश गर्न लागेकी हुन् ।

चलचित्र नायिका करिश्मा मानन्धर अर्को हप्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने निश्चित भएको छ । उनले पार्टी प्रवेश गर्ने खबर केही दिनदेखि चर्चामा थियो । एसईई उत्तीर्ण गरेलगत्तै करिश्माले राजनीतिमा फेरि करिश्मा देखाउने संकेत गर्दै नेकपा प्रवेश गर्न लागेकी हुन् । उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको छ ।

करिश्माले प्रचण्डलाई यसै हप्ता भेटिसकेकी छिन् । नयाँ शक्ति पार्टी, नेपालको संस्थापक रहेकी मानन्धरले डा.बाबुराम भट्टराईसँगको तीन वर्ष लामो राजनीतिक सम्बन्ध तोडेर नेकपामा प्रवेश गर्न लागेकी हुन् । बाबुराम समाजवादी पार्टी नेपालको अध्यक्ष छन् । करिश्माको राजनीतिप्रतिका मोह अझै भंग नभएको देखिएको छ ।

एक छोरीकी आमा करिश्मा सदावहार नायिका हुन् । नेपाली चलचित्र क्षेत्रमा सुन्दर नायिकामा गनिएकी उनी बेला बेलामा विवादमा आइरहन्छिन् । करिश्मा केही वर्ष अमेरिकामा बसिन् । त्यहाँबाट फर्किएपछि उनी चलचित्रमा मात्र नभई राजनीतिमा पनि सक्रिय हुन थालिन् । ढल्कदो उमेरमा पनि निकै मेहनतका साथ पढेर एसइइ उतिर्ण गरेपछि करिष्मा अहिले शिक्षाका लागि प्रेरणा बनेकी छिन् ।

यो पनि पढ्नुस्
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार
समाचार संकलनको लागि गोदावरी नगरपालिका गएका तीन पत्रकारमाथि गोदावरी नगरपालिकाका सुरक्षाकर्मीले क्यामेरा खोस्दै दुर्व्यवहारगरेको छ ।

प्राइम टाइम टेलीभिजनको जनताको इजलासमा कार्यरत कार्यरत पत्रकारहरु दिपक अर्याल, बालकृष्ण शर्मा, पुण्य धमला र क्यामरामेनलाई गोदावरी नगरपालिकाका सुरक्षाकर्मीले क्यामेरा खोसेर दुर्व्यवहारगरेका हुन् ।

उनीहरुले ललितपुरमा सञ्चालित अवैद्य खानी, क्रसर र पानी उद्योगहरुबारे निरन्तर रुपमा प्राइमटाइम टेलीभिजनका समाचार प्रसारण गरिरहेका थिए ।

उनीहरुले गोदावारी क्षेत्रको खानी, क्रसरको सूचना माग गर्दा नगरप्रहरीको दम्भ देखाएर दुर्व्यवहार गरेको पत्रकार दीपक अर्यालले बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीको कोठामा प्रवेश गर्न खोज्दा नगरप्रहरीले क्यामरा बन्द गर्न भन्दै लछारपछार गरेको अर्यालको आरोप छ ।

पत्रकार अर्यालले भने– ‘नगरप्रहरीले उनीहरुले बोकेको क्यामरा समातेर बन्द गर भन्दै प्रमुख प्रशासकीय अधिकृतको कोठाबाट निकालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?